भैरहवाका मिटरब्याजी रमानन्द बानियाँको घर विप्लव समूहको कब्जामा

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । सिद्धार्थनगर नगरपालिका वडा ५ मिलनचोक निवासी मिटरब्याजी रमानन्द बानियाँको घर कब्जा भएको छ। मिटरब्याजी पिडीतहरुको आग्रहमा जनता सहितको उपस्थितिमा विप्लव समूहको नेकपाले उक्त घर नियन्त्रणमा लिएको हो ।

मिटरब्याजी बानियाँले रुपन्देहीका झण्डै डेढ सय भन्दा बढी किसानहरुलाई न्युनतम ७५ हजार देखि १० लाखसम्म ऋण दिएर कपालीतमसुक,दृष्टीबन्दक जस्ता क्रियाकलाप गरेर किसानका करोडौं रकम ब्याजका नाममा ठगेको बुझिएको छ ।

बानियाँले झण्डै ७६ जना किसानहरुलाई ऋण दिदा ५० प्रतिशत बढी ब्याज समेत लगाएको विवरणमा देखिन्छ ।भैरहवा,लुम्बिनी सांस्कृतिक र तिलोतमा नगरपालिका आसपासमा दर्जनौं किसान तथा साना व्यापारीलाई ऋण दिने बाहनामा मिटर ब्याज मार्फत करोडौं असुलेको प्रष्ट देखिन्छ ।

बानियाले नक्कली कागज तयार पारेर ऋणीहरुलाई ल्याप्चे लगाई अकुत ब्याज समेत लिईरहेका थिए । उनले भनेको मितिमा पैसा नदिएका ऋणीलाई अर्को कागज तयार पारी ऋण रकममा थप २५ देखि ५० प्रतिशत थपेर सावा रकम बनाएका धेरै तथ्यहरु भेटीएको विप्लव नेतृत्वको नेकपाले जनाएको छ ।

निज बानियाँले अदालती अस्त्र प्रयोग गरेर दर्जनौं किसानलाई उठिबास लगाएका छन्,कैयौंले घर छाडेर आफन्तको सरण लिएर बस्न बाध्य भएका छन् ।एक ऋणीले बानियाँ संगको ऋण लिनदेनले दबाबमा मृत्युको निर्णय सम्म लिएको तर पछि पारिवारिक सल्लाहले उक्त बाटो नरोजेको पिडा व्यक्त गरेका छन् ।

बानियाँको ठगी धन्दाका बारेमा झण्डै ६२ जनाले जिल्ला प्रशासन कार्यलयमा उजुरी दिएको बताईएको छ ।२०७४ सालबाट पटकपटक उजुरी दिएपनी प्रशासनले वेवास्ता गरेपछि पिडीत ऋणीहरुले विप्लव नेतृत्वको नेकपामा लिखित उजुरी दिएका थिए । नेकपामा उजुरी परेपछि पार्टीले पिडितहरु संग भएका प्रमाण र अनुसन्धानले बानियाँले किसानसंग करोडौं ब्याज मिटर व्याज मार्फत असुली गरेको वताईएको छ।
पिडित ऋणी,जनता सहितको उपस्थितिमा नेकपाले शनिबार भैरहवा स्थित मिलनचोक र बुद्धचोकमा रहेको बानियाँको घर कब्जामा लिई कारबाही गरेको हो ।

प्रदर्शन सहित बानियाँको घर पुगेको टोलीले घर कब्जा सहित बिरोध सभा आयोजना गरेको थियोे । सभामा नेकपामा केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला ईन्चार्ज सरद सी,जिल्ला सेक्रेटरी बिरेन्द्र सी, जिल्ला सचिवालय सदस्य शिशिर सी लगायतमा नेताहरूले सम्बोधन गर्नु भएको सो पार्टीले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?