लोकतन्त्रको विकासमा प्रेसजगत्‌‌काे अहम् भूमिका हुन्छ : मुख्यमन्त्री कँडेल

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा प्रेसजगत्‌काे प्रशंसनीय भूमिका रहेको बताउनुभएको छ ।

‘विश्व प्रेस स्वतन्त्रता दिवस, २०२४’का अवसरमा आज सम्पूर्ण पत्रकार, सञ्चारकर्मी एवं सञ्चारसम्बद्ध सबैमा हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि विभिन्न कालखण्डमा पत्रकार एवं सञ्चारकर्मीहरूको सङ्घर्ष र योगदान रहेको बताउनुभएको छ ।

मुख्यमन्त्री कँडेलले भन्नुभएको छ, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण र मजबुत पक्ष हो । नेपालमा लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा प्रेसजगत्ले खेलेको भूमिका प्रशंसनीय छ ।”

प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा नभई नागरिकहरूको सुसूचित हुन पाउने संवैधानिक हकलाई प्रचलनमा ल्याउने महत्त्वपूर्ण माध्यम भएको बताउँदै उहाँले पत्रकारिता जगत्लाई व्यावसायिक आचारसंहिताको पालना गर्दै मर्यादित रूपमा तथ्यपूर्ण र विश्वसनीय सूचना सम्प्रेषणमार्फत राष्ट्र र जनताको सेवामा समर्पित हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

संविधानले प्रेस तथा सूचना प्रविधिसम्बन्धी कतिपय अधिकार प्रदेश सरकारलाई प्रदान गरेको भए तापनि तद्अनुसार कानुनी व्यवस्था नभएकाले पत्रकारिता क्षेत्रलाई स्वनियमनतर्फ प्रोत्साहित गर्दै लोकतान्त्रिक मूल्यभित्र रहेर पत्रकारिताको प्रवर्द्धनका लागि आगामी दिनमा प्रदेश सरकारको त्यसतर्फ ध्यान जाने उहाँले विश्वास व्यक्त गर्नुभएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?