काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित सिजी फुड्स पार्क भैंसेपाटीमा शुक्रबार अपराहृन अज्ञात समूहले आक्रमण गरेको बताइएको छ । दिउँसो तीन बजेतिर बा ४ ख १०८५ नम्बरको बसमा आएको जत्थाले फुड्स पार्कमा कार्यरत पुरूष र महिला कर्मचारीमाथि पनि हातपात गर्नुका साथै भौतिक सम्पत्तिमाथि तोडफोड गरेको चौधरी ग्रुपले जनाएको छ ।
फुड्स पार्कमा आउनासाथ उनीहरूले ‘नेपाल सरकार मूर्दावाद’ जस्ता नारा लगाउँदै चौधरी ग्रुपका व्यवस्थापकहरूप्रति अभद्र एवं असभ्य व्यवहार प्रदर्शन गरेका बताइएको छ । त्यहाँ कार्यरत महिला कर्मचारीमाथि समेत हातपात हुन थालेपछि फुड्स पार्कमा कार्यरत महिला कर्मचारी प्रतिकारमा उत्रिएपछि आक्रमणकारीहरू पछि हटेका चौधरी ग्रुपले जनाएको छ । त्यसलगत्तै भैंसेपाटी प्रहरी प्रभागले आक्रमण गर्न आएका मानिसलाई गिरफ्तार गरेका थिए ।
देशको प्रमुख औद्योगिक घराना चौधरी ग्रुपद्वारा सञ्चालित उद्योगमाथि दिनदहाडै भएको उक्त आक्रमणको चौधरीले ग्रुपले भत्र्सना गरेको छ । चौधरी ग्रुपका प्रवक्ता मधुसुदन पौड्यालद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाको हामी भत्र्सना गर्दछौँ ।
यस घटनाले देशको औद्योगिक वातावरणलाई अत्यन्तै नराम्रो असर पुर्याउन सक्नेतर्फ सचेत रहन हामी सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराउँदछौँ । घटनामा संलग्नमाथि कानुनी कारबाही गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्दछौँ । साथै, भविष्यमा यस्ता घटना घट्न नदिन एवं औद्योगिक वातावरण कायम राख्नका लागि तत्काल पहल गर्न पनि हामी सम्बन्धित सबै निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच