
काठमाडौं । नेपाल भ्रमणमा रहनु भएको जापानकी विदेशमन्त्री खामीखावा योकोले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नुभएको छ ।
एक दिन नेपाल भ्रमणमा आउनु भएको जापानकी विदेशमन्त्री योको र परराष्ट्रमन्त्री श्रेष्ठबीच आजै भेटवार्ता र द्विपक्षीय वार्ता भएको हो ।
उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उहाँको सम्मानमा रात्रिभोजको आयोजना गर्नु भएकाे छ ।
परराष्ट्रमन्त्री श्रेष्ठको निमन्त्रणामा उहाँ नेपाल भ्रमणमा आउनु भएको हो । उहाँलाई परराष्ट्र सचिव सेवा लम्सालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।
उहाँका साथमा नेपालका लागि जापानी राजदूत किकुता युताकालगायत हुनुहुन्थ्यो ।
जापानको विदेशमन्त्री नियुक्त भएपछि उहाँको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा उहाँले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विदेशमन्त्री खामिखावा भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्नुहुने कार्यक्रम छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच