-मोहन वान्तवा
धनकुटा । धनकुटामा जारी सहिद भीमनारायण गोल्डकपको १६ औँ संस्करणको तेस्रोे खेलमा सुनसरीको राष्ट्रिय जागृति क्लब सेमिफाइनल प्रवेश गरेको छ ।
जितसँगै राष्ट्रिय जागृति क्लब भीमनारायण गोल्डकपको सेमिफाइनल पुग्ने तेस्रो टोली बनेको छ । मंगलबार भएको खेलमा बुटवलको लुम्बिनी फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै राष्ट्रिय जागृति क्लव सेमिफाइनल पुगेको हो ।
निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । निर्धारित समयमा खेलको पहिलो हाफको २५ औँ मिनेटमा जागृतिका उमेश राईले गोल गर्दै टीमलाई अग्रता दिलाएपनि पहिलो हाफको इन्जुरी समयमा बुटबलका विवेक थुलुङले गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यसपछि खेलको दोस्रो हाफमा दुबै टिमले कुनै पनि गोल नगरे पछि खेल टाइब्रेकरमा धकेलिएको थियो।
टाइब्रेकरमा राष्ट्रिय जागृतिका सुमित चौधरी, उमेश राई, असिम राई, प्रवेश दनुवार र मिलन राईको प्रहारले जाली चुमेपछि राष्ट्रिय जागृति क्लब विजयी बनेको थियो। बुटवल लुम्बिनी फुटबल क्लबका तर्फबाट विवेक गुरुङ, एल्भिन राई, आयुष घलान र विदेशी खेलाडी करिम ओमोलोगा गोल गरे भने चन्दन दासको प्रहार गोलपोष्टको माथिबाट बाहिरएको थियो ।
अगाडिका खेलमा चारतारे युथ क्लब मोरङलाई हराउँदै विभागिय टीम एपीएफ क्लब काठमाडौँ र विभागिय टीम त्रिभुवन आर्मी क्लब काठमाडौँलाई हराउँदै बिर्तामोड युनाइटेड क्लब विर्तामोड सेमीफाइनल पुगिसकेका छन् । प्रतियोगिता अन्तरगत बुधबार भोली आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान र सल्हेस युथ क्लब सिराहा बीच हुने आयोजकले जनाएको छ । बुधबारको खेलसँगै भीमनारायण गोल्डकपको १६ औँ संस्करणका सेमीफाइनल पुग्ने चारवटै टोलीको पनि टुङ्गो लाग्ने छ ।
दर्शकको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रतियोगिता आगामी २९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्नेछन् । सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिनुभयाे ।
२०५५ सालमा शुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ शहिद भिमनारायण श्रेष्ठलाई तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा मृत्युदण्ड दिइएका शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ । श्रेष्ठलाई सरकारले २०७४ सालमा शहीद घोषणा गरिसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच