✍️ पुरुषोत्तम घिमिरे
भ्रष्टाचार भ्रष्ट आचरणबाट जन्मिएको शब्द हो । वैचारिक हिसाबमा यो आचार, विचारसँग सम्बन्धित हुन्छ । जो व्यक्तिको आचरण र विचार खराब हुन्छ त्योे व्यक्ति भ्रष्टाचारमा लिप्त हुन्छ भन्ने कुरा हाम्रो समाजले देखाएको परिदृष्य हो । राज्यले दिएको अधिकारको दुरुपयोग गरी आफूलाई फाइदा हुने गरी समाजलाई हानि पु¥याउनु भ्रष्टाचार हो । बाटो बिराएपछि भ्रष्टताको गन्ध आउ“छ यसले व्यक्तिगत परिवारिक र राज्यस्तरसम्म नोक्सान गर्छ कालान्तरमा यसले भवितव्य निम्त्याउन सक्छ । समाजमा तिरस्कृत भइन्छ, सामाजिक मानप्रतिष्ठा सबै गुम्छ । भ्रष्टाचारीको नाउँ जात, भाषा, पहिचान केही हँुदैन ऊ मात्र भ्रष्टाचारी हुन्छ । भ्रष्टाचारी देशको शत्रु हो । यसलाई सबैले तिरस्कार गर्नुपर्छ ।
कानुनको परिभाषा र व्याख्याको आधारमा भ्रष्टाचार भएको हो होइन भनेर शासकीय निर्णयमाथि न्यायिक निरूपण तथा पुनरालोकन हुने गर्छ । नेपालको आर्थिक अनुशासन, नैतिकता र सदाचार कायम राख्न भ्रष्टाचार निवारण गरेर सर्वसाधारण व्यक्तिको सुख शान्ति र आर्थिक हित गर्न मूल उद्देश्यले तर्जुमा गरिएको भ्रष्टाचार निवारण ऐन २०५९ ले राष्ट्रसेवक तथा अन्यले आफूले कानुन दायरामा रहेर गर्नुपर्ने काम नगरी आफ्नो दायित्व र कर्तव्य नबुझी सेवाग्राहीसँग अनुचित तरिकाले कुनै पनि वस्तु या पैसा लेनदेन गरेमा भ्रष्टाचार भन्ने गरिन्छ । सार्वजनिक पदमा बसेका व्यक्तिले सरकारी कोषको दुरुपयोग गरेको पाइएमा भ्रष्टाचार भएको मान्न सकिन्छ ।
नेपाल विश्वको एक नम्बर भ्रष्टाचारीको देश हो भनेर ट्रास्परेन्सी इन्टरनेसनलको प्रतिवेदनले देखाएको छ । शून्य भ्रष्टाचार भनेर नेताले भाषण गरे पनि देशमा भ्रष्टाचार घटेको छैन । उल्टो दिनप्रतिदिन भ्रष्टाचार बढ्दो छ । भ्रष्टाचार रोक्न नेताले कुनै कदम नै चालेनन् उल्टो भ्रष्टाचारीलाई संरक्षण गरे ।
नागरिकले निर्वाचनपश्चात् असल जनप्रतिनिधि चयन होलान्, देशमा सुशासनको कायम होला भ्रष्टाचार नियन्त्रण होला भन्ने सोचेका थिए तर त्यसो ठिकविपरीत भयो । निर्वाचनपछि उल्टो भ्रष्टाचार बढ्यो । कुनै यस्तो ठाउँ छैन जहाँ भ्रष्टाचार नभएको होस् । नेपालको सन्दर्भमा भ्रष्टाचार एक महारोग भइसकेको छ । भ्रष्टाचारबिना मान्छेको इज्जत नआउने अवस्था भइसक्यो । कसले कसरी कमायो मतलव छैन तर कामउनुपर्यो समाज यसरी निर्माण भइरहेको छ । यस्तो कहालीलाग्दो अवस्था हुँदासमेत कहीँ कतैबाट नियन्त्रणको प्रयास भएको छैन ।
सरकारी होस् या निजी कम्पनी बिनाकमिसन नागरिकको कामै नहुने भएको छ । जनताले पाउने न्यूनतम सुविधा उपभोग गर्न पनि दाम अघि सार्नुपर्ने भएपछि देशमा सुशासन छ भनेर कसरी मान्ने । जनताले तिरेको करबाट तलब भत्ता खाने कर्मचारी जनताकै काम गर्न कमिसन माग्छन् । कमिसन र भ्रष्टाचार नाउँ मात्र फरक हो काम एउटै हो जसरी पनि दाम हाम हो ।
१७ वर्ष खाली रहेको स्थानीय निकायमा सबैभन्दा बढी भ्रष्टाचार बढ्यो । प्रत्यक्ष जनतासँग सरोकार राख्ने स्थानीय सरकारले जनभावना बुझ्न सकेन । स्थानीय निकायमा जनप्रतिनिधिको मनोपोली बढेको छ । मिलोमतोमा नीतिगत भ्रष्टाचार हुने गरेको छ । पा“च वर्ष हामीलाई कसले छुने भन्ने जनप्रतिनिधिमा भ्रम परेको छ । स्थानीय निकायलाई निगरानी राख्ने निकाय नभएर पनि यस्तो बेथिति बढेको होला भन्ने लाग्छ । जनताको करबाट विदेश भ्रमणलगायत महँगा होटलमा ट्रेनिङ गराइन्छ यो भनेको भ्रष्टाचारकै एक रूप होइन । चिप्लो बोली काम माखो नमार्ने जनप्रतिनिधिबाट जनता आजित भएका छन् ।
नेपाल विश्वको एक नम्बर भ्रष्टाचारीको देश हो भनेर ट्रास्परेन्सी इन्टरनेसनलको प्रतिवेदनले देखाएको छ । शून्य भ्रष्टाचार भनेर नेताले भाषण गरे पनि देशमा भ्रष्टाचार घटेको छैन । उल्टो दिनप्रतिदिन भ्रष्टाचार बढ्दो छ । भ्रष्टाचार किन बढ्यो त ? भ्रष्टाचार रोक्न नेताले कुनै कदम नै चालेनन् उल्टो भ्रष्टाचारीलाई संरक्षण गरे । सरकारी कार्यालय जस्तै मालपोत, नापी विभाग, यातायात कार्यालय जस्ता ठाउँमा खुल्लमखुला पैसाको मोलतोल गरिन्छ ।
न कर्मचारीलाई कसैको डर छ न बिचौलिया डराउँछन् । सेवाग्रही सधैँ ठगिएका छन् । विश्वमा नम्बर वान भ्रष्टाचारीको सूचीमा देश सूचीकृत हँुदासमेत दलका नेताहरूलाई यसप्रति खेद छैन उल्टो गर्वका साथ समृद्धिको भाषण गर्छन् । लाइसेन्स बनाउन दिएको एकवर्षसम्म लाइसेन्स हात पर्दैन । यो किन भएको छ ? पैसा तिर्दा पनि समयमा नपाइने ? साधारण भाषामा बुझ्न सकिन्छ यो सब कमिसनकै खेल हो ।
हरेक राजनीति दलहरूले आआफ्ना घोषणपत्रमा सुशासन कायम गर्ने भ्रष्टाचार नियन्त्रण गर्नका लागि आवश्य पाइला चाल्ने बताएका छन् तर त्यो घोषणापत्रमा मात्र सिमित भएको छ । राजनीति दलका नेताहरू निर्वाचनको बेला वाचा प्रतिज्ञा गर्न पछि पर्दैनन् तर कार्यान्वयनमा सधैँ चुक्दै आएका छन् त्यस कारण देशमा भ्रष्टाचार नियन्त्रण नभएको हो भनेर विज्ञहरू भनिरहेका छन् । एउटा कलम किन्दासमेत भ्रष्टाचार भएको छ अन्य तरकारी दैनिक उपभोग्य वस्तु खरिद गर्दा भ्रष्टाचार नहुने कुरै भएन । सानाले सानै तरिकाले ठुलाले ठुलै तरिकाले देशमा भ्रष्टाचारको जालो फिजाएका छन् । नेताले झुटको खेती गर्न थालेको आज ३३ वर्ष भयो अझ कतिसम्म उनीहरूको खेती मौलाउने हो थाहा छैन । जनता निरीह छन् जनआवाज नेताले सुन्दैनन् । (लेखक घिमिरे हिटा लेखक हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच