काठमाडौं । नेपाल बास्केटबल संघले हालै चीनको युनानमा भएको अन्तर्राष्ट्रिय आमन्त्रण थ्री बाई थ्री बास्केटबल प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । संघले बिहीबार टोलीका चार खेलाडी र प्रशिक्षकलाई जनही ३० हजार रुपैयाँसहित सम्मान पत्रबाट सम्मान गरेको हो । सम्मानित हुने खेलाडीमा कप्तान विजय बुर्जा, मनिष केसी, निकेश मगर र निश्चल महर्जन तथा प्रशिक्षक सुशील गुरुङ हुनुहुन्छ ।
खेलाडीलाई संघका अध्यक्ष भीमसिंह गुरुङलगायतले खेलाडीलाई सम्मान गर्नुभयो । प्रशिक्षक गुरुङ प्रतियोगिताकै उत्कृष्ट प्रशिक्षण घोषित हुनुभएको थियो । युनान प्रोभिन्स बोर्डर हृयाप्पी भिलेज स्पोटर््स कार्निभल थ्री बाई थ्री बास्केटबलको फाइनलमा नेपालले साबिक विजेता युनान प्रान्तलाई २०-१९ अंकले हराउँदै उपाधि जितेको थियो । नेपाली बास्केटबल टोलीले छिट्टै फुल कोर्टको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तयारी रहेको पनि संघले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच