साल्ट ट्रेडिङद्वारा विद्यार्थीलाई झोला बितरण

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्वर ७, बासिखोरामा रहेको विद्याधरी प्राथमिक विद्यालयमा अध्यनरत बालबालिकालाई झोला बितरण गरिएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले उपलब्ध गराएको आयो नुन लोगो अंकित झोला बिद्यालयमा प्रारम्भिक बालकक्षा देखि पाँचसम्म अध्यनरत ५४ बालबालिकाहरुलाई बितरण गरिएको शिक्षक प्रकाश पराजुलीले जानकारी दिनुभयो ।

आयोडिन युक्त नुनको प्रयोग गर्ने सन्देश प्रवाहका लागि कर्पोरेशनले ती झोलाहरु विद्यालयमा सहयोग गरेको शिक्षक पराजुलीको भनाई छ । सानो कक्षामा अध्यनरत बालबालिकाहरुलाई शैक्षिक सामाग्रीहरु विद्यालयसम्म ल्याउन झोलाले मद्दत पुग्ने विद्यालयका प्रधानाध्यापक गोपाल राईले बताउनुभयो ।

प्रअ राईले भन्नुभयो, “यस्ता सहयोगले विद्यार्थीहरुलाई नियमित विद्यालयमा आउन सहयोग पुग्नुका साथै शैक्षिक गुणस्तर अभिबृद्धिमा पनि मद्दत मिल्छ ।”अभिभावकसहितको उपस्थितिमा बालबालिकाहरुलाई झोला बितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?