चितवन । चितवनको कालिका नगरपालिका स्थापना भएको आठ वर्षपछि नगर प्रहरीको सेवा सुरु गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐनले पालिका स्तरमा ऐन र कार्यविधि बनाइ नगर प्रहरी राख्न पाउने व्यवस्था गरेको छ । शहरीकरण तर्फ उन्मुख सो नगरपालिकाले अहिलेसम्म नगरप्रहरी भर्ति गरी सेवा प्रदान गर्न सकेको थिएन । नगरबासीको सुरक्षाको लागि स्थानीय सरकारले नगरप्रहरीको व्यवस्था गरिएको छ । सो नगरपालिकाले एक जना नगर प्रहरी सहायक निरीक्षक र ८ जना नगर प्रहरी जवान गरी ९ जना नगर प्रहरी भर्ति गरी सेवा सुरु गरेको हो । ९ जनामा ३ जना महिला छन् ।
शुक्रबार आयोजित नगर प्रहरी दिक्षान्त समारोहमा प्रमुख प्रशासकीय अधिकृत चुडामणि शर्मा गौतमले नगरप्रहरीहरुलाई गोपनीयतको सपथग्रहण गराउनुभएको थियो । सपथ लगतै नगरप्रमुख विनोद रेग्मी र उपप्रमुख विमला तामाङले उनीहरुलाई दज्यानी चिन्ह लगाइदिएर प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
सार्वजनिक सुचना प्रकाशित गरी सो नगरपालिकाले छनौट भएका नौं जनालाई १५ दिनको तालिम दिएर काममा खटाएको हो । बैशाख १ गतेदेखि उनीहरुको सेवा सुुचारु भएको छ । १५ दिने तालिममा नगर प्रहरीको काम, कर्तब्य र अधिकार सहित कबज, इन्डोर, आत्मरक्षा, जनसम्पर्क, दैविक प्रकोप लगायतका विषयमा तालिम गराइएको थियो । सो अवसरमा मेयर रेग्मीलेले कालिका नगरबासीको सुरक्षाको लागि नगरप्रहरी भर्ति गरी काममा खटाइएको बताउनुभयो । नगरप्रहरी सञ्चालन ऐन र कार्यविधि बनाएर नगरप्रहरी भर्ति गरिएको भन्दै सेवामा प्रतिबद्ध भएर काम गर्न आग्रह गरे ।
नगरपालिकाको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै निकट भविश्यमै फोहोर संकलन र व्यवस्थापनको समेत काम सुरु गर्ने बताउनुभयो । फोहोर संकलन र व्यवस्थापनको लागि कार्यविधि निर्माण भइसकेको उहाँको भनाई छ । दीक्षान्त समारोहमा उपमेगर तामाङ, संस्थापक वडाध्यक्ष टीका रिजाल, कृष्णकुमार श्रेष्ठ, वडाध्यक्ष टीकाराम रेग्मी, मकरमान श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।
सुशासन समितिका संयोजक दीपकबहादुर भट्टराई अध्यक्षतामा भएको सो कार्यक्रम शाखा अधिकृत प्रकासचन्द्र पौडेलले सञ्चालन गर्नुभएको थियो ।
साविकका गाविसहरु शक्तिखोर, सिद्धि, पदमपुर र जुटपानी समायोजना गरी २०७४ जेष्ठ ७ गते नगरपालिका घोषण गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच