सभामुख घिमिरेले आज पद तथा गोपनियताको शपथ लिँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले आज पद तथा गोपनियताको शपथ लिँदै हुनुहुन्छ ।

संसद सचिवालयका अनुसार बिहान ११ बजे राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले शपथग्रहण लिने कार्यक्रम तय भएको हो ।

सभामुखले राष्ट्रपतिसँग सपथ लिने संसदको नियमावलीमा व्यवस्था रहेको छ। सत्ता सझेदारको तर्फबाट उम्मेदवार बन्नुभएका घिमिरे बहुमतका साथ बिहीबार निर्वाचित हुनुभएको थियो ।

शपथग्रहण कार्यक्रमपछि सभामुख घिमिरे लैनचौरस्थित सहिदको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ। सहिदको शालिकमा माल्यार्पण गरेर सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर पदबहाली गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

घिमिरेले १६७ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित हुनुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?