बर्दिया । भारतमा हुन गइरहेको लोकसभा निर्वाचनका लागी बाँके, बर्दिया लगायतका क्ष्ँोत्रका सीमा नाका बन्द गरिएको छ ।
लोकसभा निर्वाचनका लागी सुरक्षा निकायको बैठकले तीन दिन भारत नेपाल आवत जावतमा रोक लगाएको हो । बर्दियाका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले शुक्रवार रातिदेखि निर्वाचनको समय अवधिसम्म सीमा नाका बन्द गरिएको हिमालय टाइम्सलाई बताउनु भयो । उहाँका अनुसार शुक्रवार राति १२ बजेदेखि निर्वाचनको समयसम्म बन्द रहने छ ।
शुक्रवार राति १२ बजेदेखि नै बाँकेको नेपाल भारत जमुनाहा नाका बन्द गरिएको छ । भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लामा बैशाख ३१ गते हुने लोकसभा निर्वाचनका लागि दुवै देशका सुरक्षा निकायको सयुक्त बैठकले तीन दिन सीमा क्षेत्र बन्द गर्ने निर्णय गरेको हो । निर्वाचनलाई लक्षित गरेर दुइ देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमा पनि रोक लगाइएको छ । सीमा नाका बन्द भएको अवस्थामा आवत जावत पुर्ण रुपमा रोकिने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच