काठमाडौं । भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा. भगवान् कोइरालाको नेतृत्वमा निर्माणाधीन बाल अस्पताललाई ४१ करोड रुपैयाँ सहयोग घोषणा गर्नुभएको छ । निर्माणाधीन अस्पतालमै पुगेर गुरुङले कोइरालाको अभियानमा साथ दिने प्रतिबद्धता जनाउँदै ४१ करोड रुपैयाँ सहयोगको घोषणा गर्नुभएको हो । गुरुङ शुक्रबार काठमाडौंको हेपाली हाइटस्थित अस्पताल निर्माणाधीन क्षेत्रमा पुग्नुभएको थियो । सो अवसरमा डा. कोइरालाले हालसम्म उठेको रकम, प्रतिबद्धता आए पनि रकम नजुटेको जानकारी गराएपछि गुरुङले आफ्नोतर्फबाट ४१ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
उहाँले भन्नुभयो, ‘घरमा पनि सबैलाई यो कुरा नभनी यहाँ आएको थिएँ । पार्टनरलाई २५ करोडसम्म सहयोग गर्न सक्छु भनेको थिएँ तर यहाँ आइसकेपछि मैले ४१ करोड सहयोग गर्ने घोषणा गरेँ ।’ गुरुङले उक्त घोषणापछि कोइराला भावुक हुँदै भन्नुभयो, ‘हामीले पैसा नै नभएको बेला बनाउन थालेका हौँ । मैले यो खुसीको क्षणलाई बयान गर्नै सकेको छैन । अहिले मैले यतिमात्रै भन्छु- इट इज हृयुज अमाउन्ट । दिस इज गेम चेन्जर ।’ कोइराला काठमाडौंसहित सातवटै प्रदेशमा बाल अस्पताल बनाउने अभियानमा हुनुहुन्छ । कोशी प्रदेशको झापामा अस्पताल निर्माण भइसकेको छ भने अब काठमाडौंसहित बाँकी प्रदेशमा बाल अस्पताल निर्माण हुनेछ । झापास्थित बाल अस्पतालमा दैनिक तीन सय बालबालिकाको उपचार भइरहेको पनि उहाँले जानकारी दिनुभयो । सहयोग रकम घोषणापछि भाटभटेनीका अध्यक्ष गुरुङले पनि राम्रो कामका लागि सहयोग गर्न पाउँदा आफूलाई भित्रैबाट खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राम्रो काम गर्न पाउँदा मलाई खुसी लागेको छ, घरबाट आउँदा २५ करोड सहयोग गर्ने तयारी थियो । जसले राम्रो काम गर्छ, उसलाई सहयोग गर्नुपर्छ भन्ने मलाई यहाँ लाग्यो, त्यसैले मैले ४१ करोड सहयोग रकमको घोषणा गरेँ । यो निस्वार्थ भावले गरेको काम हो । त्यसैले स्वार्थरहित काममा सहयोग गर्न पाउनु मेरो खुसीको कुरा हो ।’
गुरुङले यसअघि त्रिवि शिक्षण अस्पतालमा दुर्ईवटा भवन निर्माणमा सहयोग गरिसक्नुभएको छ । २०६८ सालमा बुबा वृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको नाममा ११ करोड लागतमा निर्माण गरिएको हो । साथै हालसम्म १४ जनालाई एमबिबिएस अध्ययनमा पनि भाटभटेनीले सहयोग गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच