खोटाङ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको हाफ म्याराथनमा आर्मी र पुलिसले वर्चस्व जमाएको छ । ‘प्रथम बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितिक तथा पर्यटन महोत्सव–२०८१’ को पहिलो दिन भएको २१ किलोमिटर हाफ म्याराथनमा आर्मी र पुलिसको महिला र पुरुषले स्थान ल्याएर वर्चस्व जमाएका हुन् ।
२१ किलोमिटर हाफ म्याराथनको पुरुषतर्फ त्रिभुवन आर्मी क्लवका गजेन्द्र राईले एक घण्टा नौ मिनेट ४८ सेकेण्ड र महिलातर्फ नेपाल पुलिस क्लवका राममाया बुढाले एक घण्टा २८ मिनेट ४६ सेकेण्डमा निर्धारित दुरी पार गरेर नगद ७५÷७५ हजारको प्रथम पुरस्कार प्राप्त गर्नुभएको छ ।
एक घण्टा १० मिनेट ४० सेकेण्डमा निर्धारित दुरी पार गर्दै पुरुषमा त्रिभुवन आर्मी क्लवकै सञ्जय श्रेष्ठ र एक घण्टा २८ मिनेट ५२ सेकेण्डमा दुरी पार गर्दै महिलामा त्रिभुवन आर्मी क्वलकै पूर्णलक्ष्मी न्यौपानेले ५०÷५० हजार राशीको दोश्रो पुरस्कार प्राप्त गर्नुभयो।
एक घण्टा ११ मिनेट १६ सेकेण्डमा निर्धारित दुरी पार गर्दै पुुरुषमा त्रिभुवन आर्मी क्लवका शुशिल कुमार शाही र एक घण्टा ५० मिनेट ६ सेकेण्डमा दुरी पार गर्दै महिलामा केपिलासगढी गाउँपालिकाकी दिर्पा बस्नेतले २५÷२५ हजार राशीको तेश्रो पुरस्कार प्राप्त गर्नुभयो।
१५ वर्ष माथिको खुल्ला महिला पुरुष १० किलोमिटर दौडमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लवका टंक बहादुर कार्की प्रथम, भुपेन्द्र सुनार दोश्रो, देउराज बस्नेत तेश्रो र महिलामा त्रिभुवन आर्मीकै वविता राई प्रथम, सृजना राई दोश्रो र दिक्तेलकी सन्जिला राई तेश्रो हुनुभयो। महिला पुरुषकै प्रथम, दोश्रो र तेश्रो हुने खेलाडीले क्रमशः १५ हजार, १० हजार र सात हजार प्राप्त गर्नुभएको छ ।
३५ वर्ष भन्दा माथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, राष्ट्रसेवक कर्मचारी, शिक्षक र व्यवसायीहरुको ७ किलोमिटर दौडमा काठमाडौंका धर्मराज महर्जन प्रथम, दिक्तेलका शिव प्रसाद राई दोश्रो र दोलखाका नवराज कार्की तेश्रो हुनुभयो । उहाँहरुले क्रमशः १५ हजार, दोश्रोले १० हजार तेश्रोले सात हजारसहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नुभयो।
छात्रतर्फको १२ वर्षदेखी १५ वर्षमुनिको ५ किलोमिटर दौडमा छात्रमा दिक्तेलका भूमिराज राई प्रथम, दिक्तेलकै सुमन बस्नेत दोश्रो र दिक्तेलका दावा तामाङ तेश्रो र छात्रातर्फ भोजपुरका बिनिता राई प्रथम, दिक्तेलका जुल्ही राई दोश्रो र दिक्तेलकै रेवती राई तेश्रो हुनुभयो। प्रथम, दोश्रो, तेश्रो छात्रछात्रले जनही क्रमशः सात हजार, दोश्रोले छ हजार, तेश्रोले पाँच हजार पुरस्कार पाउनुभएको छ ।
आमा समुहको तीन किलोमिटर दौडमा दिक्तेलका सम्झना भट्टराई प्रथम, दिक्तेलकै एलिना राई दोश्रो र दिक्तेलकै निर्मला राई तेश्रो हुनुभयो । उहाँहरुले क्रमशः पाँच हजार, तीन हजार र दुई हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन् ।
६० वर्षमाथि पुरुषको १६०० मिटर दौडमा काठमाण्डौका पुष्पालाल श्रेष्ठ प्रथम, दिक्तेलका बुद्धविर लामा दोश्रो, दिक्तेलकै भुपेन्द्रराज राउत तेश्रो हुनुभयो । उहाँहरुले क्रमशः पाँच हजार, तीन हजार, दुई हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
छात्रछात्रा १२ वर्षमुनिको १६०० मिटर दौडमा छात्रमा दिक्तेलका आयुष श्रेष्ठ प्रथम, दिक्तेलकै रिवल राई दोश्रो, दिक्तेलकै रिलन नेपाली तेश्रो भए भने छात्रामा भोजपुरका करिना राई प्रथम, भोजपुरकै अनिशा राई दोश्रो र भोजपुरका अस्मिता श्रेष्ठ तेश्रो भएकी छन् । छात्रछात्राले समान रुपमा क्रमशः जनही तीन हजार, दुई हजार र एक हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नुभएको छ ।
प्रतियोगिताको पुरस्कार वितरणमा नेपाली एथ्लेटिक्सका महापुरुष बैकुन्ठ मानन्धलाई दोसल्ला ओढाइ सम्मान गरिएको छ । मानन्धरले नेपाली खेलकुद क्षेत्रमा अतुलनीय योगदान पु-याएकाले सम्मान गरिएको नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सन्जय कुमार राईले बताउनुभयो ।
महोत्सव जेठ १० गते सम्पन्न हुनेछ । महोत्सव अन्तर्गत ८ जेष्ठदेखि १० जेष्ठसम्म बहुउद्देश्य कबर्डहल माटिकोरेमा सात प्रदेश, सोतोकान कराते, गोजोरियो कराते, वादोरियो कराते र आयोजकसहित राष्ट्रिय कराते प्रतियोगिता हुनेछ। टेम्के तुवाचुङ साहित्यिक प्रतिष्ठान र रावासावा प्राज्ञिक नेपालको सह आयोजनामा जेष्ठ ३ गते कबर्डहल माटिकोरेमा हुने राष्ट्रिय कविता लेखन प्रतियोगिता र खोटाङ कलाकार समाजको सह–आयोजनामा जेष्ठ ६ गते हुने १८ वर्षमुनिको राष्ट्रिय गायन प्रतियोगिता हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच