काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गर्नुभएका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा सुनुवाइका लागि उच्च अदालत पाटनले जेठ १ गते आज (मंगलबार) का लागि पेसी तोकेको छ । सुनुवाइका क्रममा अब देवानी तथा फौजदारी कानुनका विज्ञ वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले पनि सन्दीपका पक्षमा बहस गर्ने हुनुभएको छ ।
सन्दीपको कानुनी टिमको संयोजन गरिरहनुभएका अधिवक्ता सरोजकृष्ण घिमिरेले पहिलेको टिममा बिडारीसहित तीनजना वरिष्ठ अधिवक्ता थपिएको जानकारी दिनुभयो । ‘हामीले पछिल्लो समय वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी, सुदन लोप्चन र अमिता सैंजु थपेका छौँ,’ उहाँले भन्नुभयो । उहाँका अनुसार अब सन्दीपको पक्षमा बहस गर्ने कानुन व्यवसायीको संख्या १२ पुगेको छ । जसमध्ये नौजना सुरुदेखि अर्थात् जिल्ला अदालत काठमाडौंमा भएको बहसदेखि नै सन्दीपको कानुनी टिममा छन् ।
अधिवक्ता घिमिरेका अनुसार वरिष्ठ अधिवक्ता शम्भु थापा, पूर्वमहान्यायाधिवक्तासमेत रहनुभएका वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता कृष्ण सापकोटा, वरिष्ठ अधिवक्ता सविता भण्डारी, अधिवक्ताहरू मुरारी सापकोटा, रोशनी पौड्याल, रामकुमार माझी र रामेश्वर न्यौपानेका साथै संयोजनकर्ता सरोजकृष्ण घिमिरे आफैं हुनुहुन्छ ।
गौशाला २६ द्वारा दायर बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई आठ वर्षको जेल सजाय सुनाएको छ । उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गर्नुभएको हो । उच्च अदालतमा यसअघि पाँचपटक पेसी तोकिए पनि मुद्दाको सुनुवाइ सरिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच