काठमाडौं । सरकारले वित्त तथा मौद्रिक नीतिको समान्जशय कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमश सुधार आएको बताएको छ ।
मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संसदमा पेश गर्दै यस्तो बताउनुभएको हो ।
उहाँले सरकारले वित्त र मौद्रिक नीति कार्यान्वयनमा समानजशयताले अर्थतन्त्रमा सुधार भएको बताउनु भयो ।
उहाँले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सुधार भएको बताउनु भयो । उहाँले मूल्यवृद्धिदर पनि घटेको बताउनु भयो। उहाँले कानूनहरुमा सुधारगरी लगानीको वातावरणमा सुधार गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘वित्त तथा मौद्रिक नीतिको समान्जशय कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमशः सुधार आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सुधार भएको छ । मूल्यवृद्धिदर घटेको छ । कानूनहरुमा सुधार गरी लगानीको वातावरणमा सुधार गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम उच्च रहेको छ ।’
उहाँले बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम उच्च रहेकाले अर्थतन्त्रमा सुधार हुँदै सकारात्मक दिशामा आएको बताउनु भयो । उहाँले शोधनान्तर र चालु खाता वचतमा रहेको पनि बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच