
कालीकोट । नेकपा एमाले छाडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएका रास्कोट नगरपालिका-२ का नेता नवराज चौलागाईं पुनः एमालेमै फर्कनु भएको छ ।
०७९ सालको स्थानीय तहको चुनावमा नेकपा एमालेबाट रास्कोट नगरपालिका वडा नंं २ को वडाअध्यक्ष लडेका चौलागाईं पार्टीगत रुपमा आफूलाई अन्यायमा पारेको भन्दै माओवादीमा प्रवेश गर्नुभएको थियो ।
दुई वर्षको समयमा माओवादीमा बिताएका चौलागाईं आफ्नो लगानी र बलिदान एमालेमै रहेकाले आफू आफ्नै घरमा फर्किएको बताउनुभयो ।
मंगलवार नेकमा एमाले जिल्ला पार्टी कार्यालयमा कर्णाली प्रदेश कमिटीका पार्टी प्रवक्ता रमेश शाही, पार्टी अध्यक्ष तुलराज मल्ल लगायतका अन्य पार्टीका नेताहरुले स्वागत गरेको जिल्ला कमिटी सदस्य विश्वनाथ सिम्खाडाले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच