
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गर्नुभएको छ ।
उहाँले यसले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका सहकारी लगायतका मुद्दालाई समेत सम्बोधन गर्न नसकेकाले यसले कुनै नयाँ उत्साह भर्न नसकेको उहाँको जिकिर थियो । मंगलवार सरकारको नीति तथा कार्यक्रम प्रश्तुत भएलगत्तै प्रमुख सचेतक लेखकले सञ्चारकर्मीमाझ कुनै नयाँ कुरा, कुनै नयाँ उत्साह भर्न नसकेको बताउनु भयो । उहाँले सहकारी ठगीलाई कारबाही गर्ने, देशको संकुचनमा रहेको आर्थिक अवस्थालाई उकास्ने तथा रुसी सेनामा रहेका नेपालीहरुलाई फिर्ता गर्ने लगायतका विषयमा पनि नीति तथा कार्यक्रममा केही उल्लेख नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
प्रमुख सचेतक लेखकले भन्नुभयो, ‘अब अग्रगामी भनेको शब्दमा नै अग्रगामी भए थाहा छैन । नीति, कार्यक्रम एकदम परम्परागत छ । कुनै नयाँ कुरा, कुनै नयाँ उत्साह, जोश , कुनै नयाँ प्रकाश यसले देखाउन सकेको छैन । एउटा निरन्तरता जस्तो हुन्थ्यो प्रत्येक वर्ष । सरकारले जसरी नीति कार्यक्रम ल्याउँछ, त्यसैको निरन्तरताको रुपमा रहेको छ । बरु यसले केही महत्वपूर्ण कुराहरु बिर्सेछ, छुटाएको छ । जस्तो उदाहरणका लागि मैले अघि पनि भनिसकेँ–अहिले विश्वव्यापी रुपमा नैआर्थिक मन्दी भएको छ । देशको अर्थतन्त्रमा पनि संकुचन भएको छ । देशको अर्थतन्त्रलाई कसरी उकास्ने, कसरी विकास गर्ने, कसरी बिस्तार गर्ने ? भन्ने कुनै ठोस योजना यो नीति, कार्यक्रमले ल्याउन सकेको छैन । अहिले हामीले निरन्तर एउटा मुद्दा उठाईराखेका छौं–लाखौँ जनताका करोडौ रुपैयाँ सहकारीमा वचत गरेका रकमहरु हिनामिना भएका छन्, अपचलन भएका छन् । दुरुपयोग भएका छन । ठगी भएको छ । र, लाखौं जनता यसबाट पीडित भएका छन् । यसका बारेमा ठगी गर्ने, अपचलन गर्ने, यसको दुरुपयोग गर्ने मानिसलाई कारबाही गर्ने गर्ने प्रतिवद्धता आएको छैन । जो मान्छेको रकम अपचलन भयो । ती मान्छेको रकम फिर्ता गर्ने प्रतिवद्धता आएको छैन । त्यसको अर्थ सरकार अहिले सहकारीमा बचतकर्ताको रुपमा रहेका नागरिकहरुको पीडाकाप्रति संवेदनशील हुन सकेको छैन । बरु गैरजिम्मेवार भएको छ । त्यसका साथसाथै जस्तो अन्तर्राष्ट्रिय स्तरमा पनि रुसमा नेपालीहरु त्यहाँको सेनामा भर्नाको, उनीहरुको घरफिर्तीको सवाल छ । मानिसको शव समेत घर आउन नसकेको अवस्था छ । यसका बारेमा बोलेको छैन । इजरायल र प्यालेष्टाईन युद्धमा हमासबाट अहिले पनि नेपाली नागरिक विपिन जोशी बन्दध बनाएर राखिएका छन । तिनको फिर्ता गर्ने प्रतिवद्धता सरकारले गर्न सकेको छैन । त्यसो भएको हुनाले राष्ट्रिय स्तरमा पनि महत्वपूर्ण मुद्दाहरुमा यो मौन रहेको छ । र अन्तराष्ट्रिय स्तरमा पनि नेपालको कुटनीतिलाई बलियो बनाउने, नेपालको स्वाभिमान, नेपालको अन्तराष्ट्रिय उपस्थितिलाई पनि दह्रो गर्नसक्ने पनि यसले कुनै कार्यक्रम ल्याएको छैन । त्यसकारण यो निरन्तरताको निरन्तरता नै हो । त्यसमा पनि महत्वपूर्ण कुराहरु छुटाएको छ । त्यसो भएको हुनाले यो नीति, कार्यक्रमले कुनै नयाँ उत्साह दिएको छैन ।’
प्रमुख सचेतक लेखकले सरकारको नीति तथा कार्यक्रममा उत्साह भर्ने खालको कुनैपनि कार्यक्रम नभएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच