झापा । गत चैतमा गर्ने पूर्ण तयारी भएर अन्तिम समयमा स्थगित भएको नेपाली कांग्रेसको जातीय संघ नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ कोशी प्रदेशको प्रथम अधिवेशन जेठ १५ गते हुने निश्चित भएको छ ।
अधिवेशन सुनसरीको धरानमा हुने निश्चिति भएको महासंघ कोशी प्रदेशका संयोजक विश्वदीप लिङ्देनले बताउनुभयो । त्यसबेला महासंघले प्रदेश अधिवेशन झापाको बिर्तामोडमा गर्ने अन्तिम तयारी गरेको थियो ।
नेपाली कांग्रेस झापा नेतृत्वको असहयोगका कारण त्यसबेला अधिवेशन रोकिएको थियो । कांग्रेस झापा नेतृत्वले अनिच्छा देखाएपछि आयोजक समितिले चैत २० गते सूचना निकालेर अधिवेशन अनिश्चित समयका लागि स्थगित गरेको थियो ।
महासंघले निकालेको सूचनामा वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनको परिणाम पार्टीको पक्षमा पार्न सहयोग गर्नु पर्ने कारण देखाएर अधिवेशन स्थगित गरिएको थियो । तर, स्थगनको भित्रि कारण झापा कांग्रेस नेतृत्वको असहयोग भएको महासंघ झापाका एक नेताले बताए । उनले झापा कांग्रेसको मुख्य नेतृत्वको अनिच्छाका कारण चैतमा महासंघको प्रदेश अधिवेशन झापामा हुन नसकेको जिकिर गरे।
धरानमा अधिवेशन हुने निश्चित भएपछि अहिले तयारीलाई तीव्र पारिएको छ । प्रदेशका १४ वटै जिल्ला पालिका तहदेखि जिल्ला अधिवेशन सम्पन्न भइसकेका छन् । अधिवेशनमा साढे पाँच प्रतिनिधि र ७० पर्यवेक्षक सहभागी हुनेछन्।
धिलाल, राजवंशी, गुरुङ, मगर, राई र लिम्बु जातीय संघबाट १० र १० का दरले अधिवेशनमा सहभागिता रहने छ। अधिवेशनमा प्रदेश निर्वाचन क्षेत्रबाट प्रतिनिधि सहभागी हुने प्रावधान छ । महासंघको पहिलो प्रदेश अधिवेशन भएकाले ऐतिहासिक हुने संयोजक लिङ्देनले बताउनुभयो ।
महासंघको प्रदेश नेतृत्वमा लिङ्देन स्वयंको आंकाक्षा छ । पार्टीले जिम्मेवारी दिए आफू जिम्मेवारी लिन तयार भएको उहाँले बताउनुभयो । लिङ्देन २०६४ को संविधानसभा चुनावमा एमाले अध्यक्ष केपी ओलीलाई पराजित गरेर चर्चा कमाउनु भएको व्यक्ति हुनुहुन्छ ।
धरानको सैनिक भवनमा हुने अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गर्नुहुने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच