काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलाको सम्मान गर्ने बताएका छन् ।
बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर लामिछानेले उच्च अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका हुन् ।
बुधबार बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले यस्तो बताए ।
छोटो प्रतिक्रिया दिएका उनले आफूलाई फसाइएको बताउँदै भने, ‘मैले पहिले पनि जिल्ला अदालतको फैसलालाई सम्मान गरेकै हो, अहिले उच्च अदालतको फैसलाको पनि सम्मान गर्छु ।’ उनले थपे ‘नेपाललाई जहाँ मैले पुर्याएको थिएँ, त्यसभन्दा पनि माथि पुर्याउनेछु ।’
उच्च अदालत, पाटनले जिल्ला अदालत काठमाडौंको फैसला उल्टाउँदै सन्दीपलाई सफाइ दिएको छ ।
उच्च अदालतले सन्दीपलाई सफाइ दिएपछि पाटन उच्च अदालत परिसरदेखि कुपण्डोलसम्म बाजागाजासहित सन्दीपका समर्थकले नारा जुलुस गरेका थिए । सामाजिक सञ्जालमा सन्दीपलाई बधाई दिनेहरु उत्तिकै छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच