मदन भण्डारी र जीवराज आश्रितको षड्यन्त्रपूर्वक हत्या भएको झलनाथको दाबी

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको हत्या गरेर नदीमा फालिएको बताउनुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा ३१ औं मदन-आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मदन भण्डारीको शव सग्लो हुनु, नदीमा खसेर मरेको व्यक्तिको फोक्सोमा पानी जमेको नहुनुले पनि भण्डारीलाई मारेर पछि नदीमा दुर्घटनाका रुपमा फालिएको दाबी गर्नुभयो । उहाँले मदन-आश्रितको मृत्यु दुर्घटनाबाट नभइ निर्ममतापूर्वक गरिएको हत्या भएको बताउनु भयो । उहाँले दुवै नेताको षड्यन्त्रपूर्वक हत्या भएको भन्दै ३० वर्ष होस् की सय वर्ष हत्या हत्या नै हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मदन भण्डारी र जीवराज आश्रितले लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको लागि सम्पूर्ण जीवन समर्पित गर्नुभएको छ । उहाँहरुले नेपालको कम्युनिष्ट आन्दोलन नयाँ उचाईमा उठाउनका निम्ति लगातार प्रयत्न गरिरहनुभएको थियो । लोकप्रिय ढंगले उहाँहरु नेपाली जनताको बीचमा स्थापित भइरहनुभएको थियो । त्यस्ता नेताहरुको असाध्यै षड्यन्त्रपूर्ण ढंगले र रहष्यपूर्ण ढंगले हत्या भएको हो । आजसम्म आउँदा कयौँ मानिसहरुले यसलाई दुर्घटना भने तर यथार्थमा भन्ने हो भने त्यो निर्ममतापूर्वक गरिएको हत्या हो । कुनैपनि पाखाबाट खनिएको बाटोमा गइरहेको गाडी मुग्लिनबाट नारायणघाटबाट गइरहेको गाडी भित्तातिरबाट हिँड्छ, भित्ताबाट हिँडेको गाडी कसरी खोलातिर खस्न सक्छ । के संसारको कुनैपनि ठाउँमा यस्ता घटना भएका छन्, कुनै तथ्यले यो पुष्टि गर्न सक्दैन । यो षड्यन्त्रपूर्ण हत्या हो भन्ने पुष्टि हुन्छ । लक भएको गाडीबाट उहाँहरुको शव कसरी बाहिर गयो । ३० वर्ष होस् की सय वर्षपछि होस्, हत्या हत्या नै हो, अपराध अपराध नै हो । त्यो जीपबाट खसाएर मारिएको होइन, त्यो भन्दा अघि नै मारिएको हो भन्ने स्पष्ट छ ।’

नेता खनालले मदन भण्डारी र जीवराज आश्रितले लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको लागि सम्पूर्ण जीवन समर्पित गर्नुभएको बताउनु भयो । उहाँले नेपालको कम्युनिष्ट आन्दोलन नयाँ उचाईमा उठाउनका निम्ति लगातार प्रयत्न गर्ने नेताहरु रहेको भन्दै स्मरण गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?