
काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल ९वामअर्प म्याच० खेल्ने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बिहीबार सार्वजनिक गरेको आधिकारिक तालिका अनुसार नेपालले एसोसिएट राष्ट्रहरू अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने पक्का भएको हो।
आईसीसीले वामअर्प म्याचका लागि २७ मे देखि १ जुनसम्मको तालिका सार्वजनिक गरेको छ ।
नेपालले २७ मेमा क्यानडासँग खेल्ने छ। यो खेल ग्रान्ड प्रेयरी क्रिकेट रंगशाला, टेक्सासमा हुनेछ। दुई दिनपछि सोही रंगशालामा नेपालले अमेरिकासँग अभ्यास खेल खेल्ने छ।
आईसीसी टी–२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेष्टइण्डिज र अमेरिकामा आयोजना हुँदैछ । टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन् ।
समूह डी मा नेपाल, बंगलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलंका छन् । नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच