काठमाडौं । तरकारी उत्पादक किसानले उत्पादनको मूल्य नपाएको भन्दै न्यूनतम मूल्य निर्धारण गर्न सरकारसँग माग गरेका छन् । तरकारी उत्पादक किसान संघले नेपालले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो ।
सोही अवसरमा संघले माग सम्बोधनका लागि कालीमाटी फलफूल तथा तरकारी विकास समितिका कार्यकारी निर्देशक डा. माधवप्रसाद पौडेललाई पनि ज्ञापनपत्र बुझाउँदै समितिको कार्यक्षेत्रका माग सम्बोधन गर्न ध्यानाकर्षण गराएको छ ।
संघकी अध्यक्ष माया केसीले किसानका कारण अन्य व्यक्ति तथा समूहले मस्ती गरिरहेको तर किसान भने झन् झन् पलायनको अवस्थामा पुगेको गुनासो गर्नुभयो ।
संघले संविधानको व्यवस्थाअनुसार भूमिमा रहेको दोहोरो स्वामित्व अन्त्य गर्दै किसानको हितलाई ध्यानमा राखी वैज्ञानिक भूमि सुधार लागू गरिनुपर्ने, किसानको हकहित संरक्षण र संवद्र्धन गर्दै कृषि उत्पादन र उत्पादकत्व बढाउन भूउपयोग नीति अवलम्बन गरी भूमि व्यवस्थापन र कृषिको व्यावसायीकरण, यान्त्रीकरण, विविधीकरण र आधुनिकीकरण गरिनुपर्ने, कृषकका लागि कृषि सामग्री र कृषि उपजको उचित मूल्य र बजारमा पहुँचको व्यवस्था गरिनुपर्नेमा उक्त व्यवस्था लागू भएको जनाएको छ ।
भूमिमा रहेको दोहोरो स्वामित्व अन्त्य गरिनुपर्ने, खेती गर्ने किसानलाई जमिन उपलब्ध गराइनुपर्ने, समितिमा ५१ प्रतिशत किसान सहभागी गराइनुपर्ने, बागमती प्रदेशका जिल्लामा तत्काल उत्पादित गोलभेडा र काँक्रोको मूल्य लागतका आधारमा न्यूनतम प्रतिकेजी ४० कायम गरिनुपर्ने, किसान वर्गीकरण गरी परिचयपत्र जारी गरिनुपर्ने, स्थानीय जातका बिउबिजन संरक्षण क्षेत्र घोषणा गरिनुपर्ने, यान्त्रिकीकरणमा किसानको ३० प्रतिशत लगानी कायम गरिनुपर्नेलगायतका माग रहेका छन् ।
ज्ञापनपत्र बुझ्दै समितिका कार्यकारी निर्देशक पौडेलले समितिको अधिकार र कार्यक्षेत्रमा पर्ने माग सम्बोधनका लागि पहल गर्ने आश्वासन दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच