
मुगु । कर्णाली प्रदेशले चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा पशुपन्छी र पशुजन्य उत्पादन निर्यात गरेर झण्डै डेढ अर्ब रुपैयाँ आम्दानी गरेको छ।
साउनदेखि चैत मसान्तसम्म एक अर्ब ४९ करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको पशुपन्छी र पशुजन्य उत्पादन निर्यात गरेको कर्णाली प्रदेश पशुपन्छी विकास निर्देशनालयले जनाएको छ।
कर्णाली प्रदेश भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको निर्देशनालयले रारामा आयोजना गरेको १० जिल्लाका पशु अस्पताल तथा पशु सेवा कार्यालयहरुको त्रैमासिक प्रगति समिक्षा कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको हो ।
शुक्रबार निर्देशनालयले प्रदेशकै मुख्य पर्यटकीय स्थल रारामा आयोजना गरेको तेस्रो त्रैमासिक इपिडिमियोलोजिकल रिपोर्टिङ तथा समिक्षा गोष्ठीमा १० वटै जिल्लाको प्रगति विवरण प्रस्तुत गरिएको थियो।
प्रदेशका १० जिल्लामा खसी र दुध उत्पादनबाट राम्रो आम्दानी भएको विवरणमा उल्लेख छ। त्यसमध्ये सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम पश्चिम पशु र दुध उत्पादन तथा निर्यातमा अग्रस्थानमा छन्।
कर्णालीका दशवटै जिल्लामा रहेका पशु अस्पताल तथा पशु सेवा कार्यालयको समग्रमा स्थानीय पालिकाहरुले बजेट न्यून रहेको र पशुपालक किसानलाई सम्मान हुन नसकेको सहभागीहरुले गुनासो गर्नु भएको थियो ।
प्रदेश निर्देशनालयका निर्देशक कृष्णप्रसाद पंगेनीका अनुसार, राज्यका तीनै तहका सरकारले पशु सेवालाई सम्मान हुने कार्यक्रमको अवधारणा अघि सार्न आवश्यक छ। पशुको पालनपोषण, चेकजाँच, स्वास्थ्य उपचार, आठ थरिका खोप निशुल्क गरिनुपर्ने र पशुलाइ आइपर्ने समस्याको सबै जिम्मा राज्यले नै लिनुपर्ने उहाको भनाइ छ। अबका दिनमा प्रदेश निर्देशनालयले पशु बिमा, कृषक प्रोत्साहन भत्ता, पशुमा नस्ल सुधार जस्ता महत्त्वपूर्ण कार्यक्रमलाई अघि बढाइने पनि उहाँले बताउनु भयो ।
पशु र पशुजन्य उत्पादन वृद्धिको लागि स्थानीय तहमा रहेका पशु स्वास्थ्य शाखामा बजेट बढाउनु पर्नेमा जोड दिँदै निर्देशक पंगेनीले पहिचानको आधारमा कृषककै खातामा पैसा जाने व्यवस्था गरिनु पर्छ ।
कार्यक्रममा सहभागीहरुले हरेक पालिकामा पशु अस्पताल र विशेषज्ञ पशु चिकित्सक अनिवार्य उपलब्ध हुनुपर्ने, युवालक्षित पशुपालन कार्यक्रम लागू गर्नुपर्ने लगायतका विषय उठान गरेका थिए ।
निर्देशनालयको तथ्यांक अनुसार चालू आवको ९ महिनामा कर्णालीमा पशु र पशुजन्य उत्पादनबाट ८ लाख ७५ हजार सात सय रुपैयाँ राजश्व उठेको छ भने कुल बजेटको ३०.४८ प्रतिशत खर्च भएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच