गाजाको जबलिया शिविरमा इजरायली आक्रमणबाट १५ जनाको मृत्यु

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । उत्तरी गाजा पट्टीको जबलिया शिविरमा आफ्नो घर फर्कने क्रममा प्यालेस्टाइनीहरूमाथि इजरायली आक्रमणमा १५ जनाको मृत्यु भएको छ ।

अन्य ३० जना घाइते भएका छन् । प्यालेस्टिनी सुरक्षा स्रोतहरूकाअनुसार इजरायली युद्धक विमानहरूले गाजामा प्यालेस्टाइनी शरणार्थीहरूको लागि जबलिया शिविरमा बिस्थापित मानिसहरूमाथि लक्षित गरी आक्रमण गरेको थियो ।

आवासीय घरहरू र एक आश्रय केन्द्रमा पनि मिसाइलहरू प्रहार गरेका थिए ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?