पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका-३ का ३३ वर्षीय उदय केरुङले सगरमाथाको सफल आरोहण गरेका छन् । उनले आज बिहान ६ बजेर ८ सेकेन्ड जाँदा सगरमाथाको सफल आरोहण गरेका हुन् ।
उनी बिहीबार मध्यरात आधार शिविरबाट आरोहण दलका २२ जना सदस्यसँगै सगरमाथा चुचुरोतर्फ प्रस्थान गरेका थिए ।
यसअघि उनले ‘मेरा पिक’ र विश्वको आठौं अग्लो मनास्लु हिमालको सफल आरोहण गरिसकेका छन् । केरुङ यस पटक एट-के एक्सपिडिसन ट्रेकिङ कम्पनीमार्फत सगरमाथाको आरोहणमा गएका थिए ।
सगरमाथा आरोहण गर्ने केरुङ पाँचथरको फालेलुङ गाउँपालिकाको पहिलो र पाँचथर जिल्लाकै दोस्रो व्यक्ति हुन् । यसअघि पाँचथर मङजावुङका सुशील सेर्माले सगरमाथा आरोहण गरिसकेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच