मंगलम् पाइपका डिलरद्वारा फ्याक्ट्री भ्रमण

Read Time = 2 mins

काठमाडौं । पाइप तथा फिटिङ्स उत्पादक र निर्यातकर्ता मंगलम् इन्डस्ट्रिजका काठमाडौंस्थित डिलरले गत शुक्रबार रूपन्देहीको ढक्दैस्थित फ्याक्ट्री अवलोकन गरेका छन् । असार १८ गते पोखरा र चितवनका डिलरले पनि फ्याक्ट्री अवलोकन गरेका थिए ।

उद्योगमा भएका अत्याधुनिक उपकरण र उत्पादन प्रक्रियाबारे प्रत्यक्ष अनुभव दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अवलोकन भ्रमणमा मंगलम् पाइपका प्रबन्ध निर्देशक अभिनव चुरिवाल, प्रबन्धक प्रदीप शुक्ला र गुणस्तर विभाग प्रमुख वीरेन्द्र मौर्यलगायतको सहभागिता थियो । अवलोकन भ्रमण लुम्बिनी अन्तरक्रियात्मक कार्यक्रमसाथ समापन गरिएको थियो ।

सो अवसरमा कम्पनीका प्रबन्ध निर्देशक अभिनव चुरिवालले भन्नुभयो, ‘यो अवलोकन कार्यक्रम आयोजना गर्न पाउँदा हामी अत्यन्तै उत्साहित भएका छौैँ, हाम्रा उपभोक्ताको आवश्यकता र रोजाइ बुझ्ने पहिलो माध्यम नै हाम्रा डिलर हुन् । डिलरको सक्रिय सहभागिताले हामीलाई भविष्यमा पनि यस्तो अवलोकन कार्यक्रम आयोजना गर्न हौसला मिलेको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?