लागु औषधसहित दुई युवा पक्राउ

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 2 mins

सिन्धुली ।  लागु औषध गाँजासहित दुईजना युवा पक्राउ परेका छन् ।

गौर नगरपालिका – ७ रौतहटका २२ वर्षका विकासप्रसाद यादव र गौर नगरपालिका– ५ रौतहटका २४ वर्षीय अभयकुमार गुप्ता पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता चिरन्जिवि दाहालकाअनुसार इलाका प्रहरी कार्यालय भिमानले चेकजाँच गर्ने क्रममा विआर ०६ पा ६१८४ नम्बरको भारतीय नम्बर प्लेटको स्कारपियोसहित नियन्त्रणमा लिइएको थियो ।

काठमाण्डौंबाट रौतहटतर्फ जाँदै गरेको स्कारपियो गाडी बीपी राजमार्गअन्तर्गत भिमानमा चेकजाँच गर्नेक्रममा गाडीको छतमा प्याक गरेको अवस्थामा एक सय ३३ दशमलव ९८८ किलो गाँजा फेला परेपछि प्रहरीले गाडिसहित चालक यादव र त्यसमा सवार गुप्तालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।

यसअघि पनि प्रहरीले लागु औषध ओसारपसार गर्ने पाँच जनालार्ई पाँचवटा मोटरसाइकलसहित नियन्त्रणमा लिइएको थियो । लागु औषध ओसारपसारका घटना जिल्लामा बढ्दै गएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?