
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ।
बैठक बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी छ। विपक्षी दलको बैठक सकिएलगत्तै दलको बैठक बसेको हो। यस अघि आज संसद बैठक सुरु अघि पनि कांग्रेसको संसदीय दलको बैठक बसेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले कांग्रेसको नाराबाजीबीच विश्वासको मत लिएपछि पार्टीले संसदमा प्रस्तुत हुने आगामी रणनीति तय गर्न बैठक बोलाएको कांग्रेसका एक नेताले बताए । बैठक सकिएलगत्तै पत्रकार सम्मेलन गर्ने कांग्रेसको तयारी छ।
प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले १५७ मत पाएपछि सभामुख देवराज घिमिरेले बहुमत प्राप्त गरेको घोषणा गर्नुभएको थियो। प्रधानमन्त्रीले विश्वासको मत लिइरहँदा कांग्रेससहित विपक्षी दलहरूले नाराबाजी गरेका थिए।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच