काठमाडौं । महालक्ष्मी विकास बैंक जेठ ७ गतेदेखि ३०औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले वित्तीय साक्षरता र्याली तथा आठवटा शाखामार्फत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । साथै स्वास्थ्य तथा आँखा शिविर, महालक्ष्मी कर्पोरेट क्रिकेट लिग-२०२४, शृंखला ३ लगायत विभिन्न कार्यक्रमहरू गरी वार्षिकोत्सव सम्पन्न गरिने बैंकले जनाएको छ । वार्षिकोत्सवका अवसरमा आइतबार आठ शाखा कार्यालयमार्फत् रक्तदान कार्यक्रम गरी कुल दुई सय ९५ पिन्ट रगत संकलन गरिएको बैंकले जनाएको छ ।
त्यस्तै, केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयका कर्मचारीको सहभागितामा शनिबार बिहान वित्तीय साक्षरतासहितको प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । प्रभातफेरीमा बैंकिङ सेवाहरूः जस्तै मोबाइल बैंकिङ, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरूको प्रयोग गरिएको थियो ।
सोमबार केन्द्रीय, प्रादेशिक तथा शाखा कार्यालयमार्फत् देशको भौगोलिक र सांस्कृतिक अवस्था उजागर गर्न कर्मचारीलाई स्थानीय भेषभूषामा बैंकमा उपस्थित गराएर सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो भने केन्द्रीय कार्यालयमा मंगलबार स्वास्थ्य शिविर र बुधबार आँखा शिविर तथा विगत दुई वर्षदेखि सञ्चालन हुँदै आएको महालक्ष्मी कर्पोरेट क्रिकेटको तेस्रो शृंखला-महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग-२०२४, शृंखला ३) १६ टिमको सहभागितामा जेठ २२, २३ र २४ गते सञ्चालन गरिने बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच