सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद

हिमालय टाइम्स
Read Time = 2 mins

इलाम । नेपाल-भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली सिमाना कटाउन लागेको सामग्रीसहित एउटा पिकअक भ्यान नियन्त्रणमा लिइएको छ । इलाम सूर्योदय नगरपालिका-२ स्थित दुई माइलबाट अवैध रूपमा सामान राखेर भारततर्फ लैजाँँदै गरेको पिकअप नियन्त्रणमा लिइएको हो । सवारीसहित रु १३ लाखभन्दा बढीका सामग्री नियन्त्रणमा लिइएको हो ।

ससस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मको मोबाइल गस्ती टोलीले सो सामान सोमबार नियन्त्रणमा लिएको हो । प्रदेश नम्बर १-०३-००१ज ००१९ नम्बरको पिकअपबाट सामान लैजाँदै गर्दा बरामद गरिएको हो । प्रहरीलाई देखेपछि गाडी छाडेर चालक भागेका थिए ।

बक्खु कपडा, चिप्लो बक्खु, हाल्फ ज्याकेट, जेन्स र लेडिज चप्पल, अन्य ज्याकेट, ट्राउजर, गहुँ, मकैको च्याख्ला गरेर रु छ लाख १८ हजार तीन सयको सामग्री नियन्त्रणमा लिइएको जनाइएको छ । त्यस्तै सवारीको मूल्य रु सात लाख कायम गरेर रु १३ लाख १८ हजार तीन सय बराबरका सामग्री बरामद भएको जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?