काठमाडौं । यही १० गतेदेखि सिनेमाघरमा आउने तयारी रहेको चलचित्र ‘पुजार सार्की’ कलाकारहरूको विभिन्न विभिन्न भूमिका बारेमा सार्वजनिक भइरहेको छन् । यसले चलचित्रमा रहेका कलाकारको भूमिकालाई लिएर थप उत्सुकता जगाएको छ । यही क्रममा मंगलबार बिहान अभिनेता पल शाहले दुई तस्वीर सार्वजनिक गर्दै चलचित्रमा आफ्नो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर अनुमान लगाउन सकिने बताउनुभएको छ ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक तस्बिरमा उहाँ वृद्ध अवस्थामा देखिनुभएको छ । पल र प्रहरी मुठभेड देखिएको छ । पक्राउ गर्न खोजिरहेको देखिन्छ । यो तस्बिरबाट ‘पुजार सार्की’को कथा वर्तमान समयसम्म आइपुगेको अनुमान गर्न सकिन्छ ।
तस्वीर सार्वजनिक गर्दै पलले लेख्नुभएको छ, ‘चलचित्र ‘पुजार सार्की’ रिलिज हुन अबमात्र दुई दिन बाँकी छ । मेरो करिअरमा महत्वपूर्ण चलचित्र ‘पुजार सार्की’ सावित हुनेमा म ढुक्क छु । मैले केही दिनअगाडि भनेको थिएँ कि म अर्को चलचित्र ‘रावायण’को छायांकनका कारण ‘पुजार सार्की’को प्रचारमा प्रत्यक्ष सहभागी हुनसकेको छैन । मेरो भूमिका र प्रचारको सहभागिताका विषयमा मेरा शुभेच्छुकहरूले देखाउनु भएको चासो र चिन्ताप्रति नतमस्तक छु । थुप्रै सञ्चारमाध्यममा पनि मेरो खोजी भइरहेको खबर पाइरहेको छु । चाहेर पनि मैले प्रत्यक्ष रूपमा म यहाँहरूको अगाडि उपस्थित हुनसकेको छैन । मेरो यो बाध्यतालाई यहाँहरूले बुझिदिनुहुनेछ भन्ने अपेक्षा लिएको छु ।’
उहाँले लेख्नुभएको छ, ‘मैले ‘पुजार सार्की’मा मेरो अभिनयबाट यो तस्वीर सार्वजनिक गरेको छु । यो तस्वीरबाट तपाईंले मेरो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर पक्कै अनुमान लगाउनु हुनेछ । यसअघि पनि तपाईंले मेरो चरित्र चित्रण हुने तस्वीरलाई नै लिएर देखाउनु भएको प्रेम अतुलनीय छ ।’ पलले आफूलाई ‘पुजार सार्की’को पात्र मेघराज खत्रीको रूपमा चिनाउनुभएको छ ।
चलचित्रमा आर्यन, अञ्जना बराइली, प्रदीप खड्का, परीक्षा लिम्बु, पल शाह, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्दरमण पराजुली, राजेश बिसुराललगायतको अभिनय छ । दिनेश राउतको निर्देशन रहेको चलचित्रमा सुवास भुसालको निर्माण छ ।
किंगडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र नेपालमा आरआर फिल्मस्ले वितरण गर्दैछ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ । राजेश श्रेष्ठको डिओपी रहेको चलचित्रमा भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर ग्रेडिङ तथा हिमाल केसीको द्वन्द्व छ । चलचित्रको पोष्टर डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच