काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले मुद्रण विभागका कर्मचारीलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने भएको छ । सो सम्बन्धमा बैंक र मुद्रण विभागबीच सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका कामु प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र मुद्रण विभागका महानिर्देशक रेखा कँडेलले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौतासँगै बैंकले मुद्रण विभागमा कार्यरत तोकिएको सेवा अवधि पूरा गरेका कर्मचारीलाई विभागको सिफारिसमा अधिकतम १५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका २०७७ को अधिनमा रही सरल कर्जा प्रवाह गर्नेछ । बैंकले आधार दरमा दुई प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने जनाएको छ ।
हाल बैंकको आधार दर ७.३५ प्रतिशत रहेको छ । सम्झौताअनुसार विभागका कर्मचारीको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । सो अवसरमा विभागका वरिष्ठ मुद्रण अधिकृत पद्मराज पाठक, बैंकका विभागीय प्रमुख राज्यलक्ष्मी खड्गी, सिंहदरबार परिसर शाखाका शाखा प्रबन्धक अनिश रायमाझीलगायतको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच