![सुनको मूल्य बढ्यो](https://ehimalayatimes.com/wp-content/uploads/2023/12/gold-sun-bazar.jpg)
- आनन्द श्रेष्ठ
आज मे २१ तारिक विश्वध्यानदिवस हो । त्यसो त वुद्ध जयन्तीको अवसर पारेर १९९५ सालदेखि नै मे २१ को दिनलाई अनौपचारिक रुपमा विश्व ध्यानदिवस मनाउन थालिएको छ । तर यसलाई औपचारिक रूपमा नै विश्वभरि मनाउनुपर्छ । जसको लागि नेपालले संयुतm राष्ट्र संघमा प्रस्ताव पेश गरोस् भनेर विगत ५ वर्षदेखि नेपाल सरकारलाई झकझक्याई रहनुभएका छ ओशो तपोवनका संस्थापक स्वामी अरुण आनन्दले ।
विगत ५ वर्ष देखि जुनसुकै पार्टीका प्रधानमन्त्रीहरु आए पनि उहाँले पहिला नेपाल भरी विश्व ध्यानदिवस मनाउन औपचारिक घोषणा गरोस् । त्यसपछि संयुक्त राष्ट्र संघमा सरकारले प्रस्ताव राखोस् भन्ने सुझाव दिँदै आउनुभएको छ । जसरी विश्व योग दिवस मनाउन स्वामी रामदेवले प्रधानमन्त्री नगेन्द्र मोदीसमक्ष सुझाव दिएका थिए सोहीअनुसार भारत सरकारले विश्व योग दिवसका लागि संयुतm राष्ट्र संघमा सेप्टेम्बर २०१४ मा प्रस्ताव राखेको थियो । सो प्रस्तावलाई पारित गर्दै अहिले हरेक जुन २१ तारिकका दिन विश्व योग दिवस मनाउने चलन चलेको छ । यो दिवस मनाउन प्रस्ताव गर्ने भारत अहिले संसारभरिका मानिसका लागि योगगुरु बन्न पुगेको छ ।
यदि हामीले बुद्ध जन्मेको दिनलाई ध्यान दिवसका रूपमा मनाउन सक्यौँ भने यो बुद्धप्रतिको ठूलो सम्मान र हाम्रो जीवन परिवर्तनको दिशामा ठूलो फड्को हुनेछ । यसले नेपालको एक अध्यात्मिक पहिचान र गरिमालाई विश्वभरि स्थापित गर्ने छ ।
यसरी नै विश्वका शान्तिका दूत भगवान बुद्धको त्रियोग परेको दिन मे २१ तारिकलाई विश्व ध्यान दिवसको रूपमा मनाउन नेपाल सरकारले किन पहल नगर्ने ? यसका लागि स्वामी आनन्द अरुणले निरन्तर प्रयास जारी राख्नुभएपश्चात् यस वर्ष नेपालकोे चार दिने भ्रमणमा आउनुभएका वर्तमान संयुक्त राष्ट्रका महासचिव एन्टेनियो गुटेरेसलाई तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले विश्व ध्यानदिवसबारे मौखिक प्रस्ताव राख्नुभएको थियो । लुम्बिनीको समेत भ्रमण गर्न भ्याउनुभएका उहाँले यो राम्रो प्रस्ताव हो, यसलाई लिखित रूपमा ल्याउनुहोस् भनेको कुरा वर्तमान परराष्टमन्त्रीसमेत रहनुभएका नारायणकाजी श्रेष्ठ बताउनुहुन्छ । त्यसो भए आजैदेखि राष्ट्रिय स्तरमा ध्यान दिवसको शुरुवात किन नगर्ने ? विनाखर्चमा यति ठूलो इतिहास बनाउने कुरामा सरकार किन विलम्ब गरिरहेको छ । चासोको विषय बनेको छ ।
ध्यान दिवसको महत्व र उत्पति
आजभन्दा २५६८ वर्षअधि वैशाख पूर्णिमाको दिन सिद्धार्थ गौतमको लुम्बिनीको सालवनमा जन्म भएको थियो । वैशाख पूर्णिमाकै दिन निरन्जना नदीको तटमा ३५ वर्षको उमेरमा वोधगयाको वोधिवृक्षमुनि निर्वाण प्राप्त गरेका थिए । वैशाख पूर्णिमाकै दिन कुशीनगरमा दुई साल वृक्षमुनि ८० वर्षको उमेरमा महापरिनिर्वाण प्राप्त गर्नुभएको थियो । यी तीनै घटना वैशाक पूर्णिमाकै दिन भएको थियो । त्यसैले बुद्धपूर्णिमा एक त्रियोग पनि हो । त्यसैले विश्वलाई वैज्ञानिक ध्यान र ज्ञान सिकाएर जानु हुने नेपालका सपूत गौतम बुद्धको जन्म दिनलाई किन विश्व ध्यान दिवसको रूपमा नमनाउने भन्ने विषयमा यो लेख केन्द्रित छ ।
हिमालको काखमा रहेको नेपाल परापूर्व कालदेखि नै विश्वभरिका ध्यानी, योगी, तपस्वी साधकहरुका लागि रोजाइको स्थल हो । योग र ध्यानको उत्पत्ति हिमाली क्षेत्रमा भएको हो । यसलाई सर्वप्रथम वैज्ञानिक रूप दिने व्यक्ति शिव हुन् । शिव हिमाली भेगमा बस्थे । उनको पहिलो चेला भनेर सप्तऋषिहरुलाई मानिन्छ । योगलाई व्यवस्थित गरी वैज्ञानिक रूप दिने ऋषि पनि हिमाली क्षेत्रकै कस्मीरमा जन्मेका पतञ्जली थिए । यसरी सधैँ जैविक विविधताले भरिपूर्ण रहेको नेपालमा साधना गर्नेहरुले नै विश्व भाइचारा, बन्धुत्व शान्ति र विश्वहितकारी उपनिषद दर्शनको उत्पति गरेका थिए । यसै गरी २५६३ मा बुद्धको जन्म भएपछि त नेपाल संसारकै ध्यान, ज्ञान, योगका लागि प्रसिद्ध बन्दै गएको छ ।
तर माल पाएर चाल नपाएपछि
यदि हामीले बुद्ध जन्मेको दिनलाई ध्यान दिवसका रूपमा मनाउन सक्यौँ भने यो बुद्धप्रतिको ठूलो सम्मान र हाम्रो जीवन परिवर्तनको दिशामा ठूलो फड्को हुनेछ । यसले नेपालको एक अध्यात्मिक पहिचान र गरिमालाई विश्वभरि स्थापित गर्ने छ । नेपालमा धार्मिक तथा अध्यात्मिक पर्यटनको विकास हुने ठूलो सम्भावना छ । विश्वमा ५१ वटा यस्ता देश छन् जसले आफ्नो जनसंख्याभन्दा बढी पर्यटन भित्र्याउँछन् । ३० वटा देशले आफ्नो जनसंख्याभन्दा आधा पर्यटन भित्र्याउँछन् । तर, नेपालमा ठूलो प्राकृतिक, सांस्कृतिक, धार्मिक, अध्यात्मिक सम्पदाहरु हुँदै पनि सवैभन्दा कम पर्यटक भित्र्याउनेमा १४ आै स्थानमा पर्दछ ।
नेपालले पनि दीर्धकालीन योजना बनाई वार्षिक १ करोड पर्यटक भित्र्याउने संकल्प लिन जरुरी छ । यसका लागि विश्व ध्यान दिवस, बुद्ध जन्मस्थली लुम्बिनी र विश्वको उच्च शिखर सगरमाथाले धेरै महत्वपूर्ण गन्तव्यको भूमिका खेल्न सक्दछ । यसका लागि विश्व ध्यान दिवसलाई यसै वर्षदेखि सरकारले राष्ट्रिय स्तरमा मनाउने धोषणा गर्नुपर्छ । दोस्रो चरणमा सरकारले संयुक्त राष्ट्र संघमा प्रस्ताव पेश गर्ने । सवै शिक्षण संस्था तथा तालिम केन्द्रहरुमा योग र ध्यानलाई ईपाठ्यक्रममा नै समावेश गर्न सक्छ ।
अहिलेसम्म ज्यालादारी मजदुरहरुलाई मात्र वैदेशिक रोजगारमा पठाइरहेका छौँ भने अब देशमै रहेका ध्यानी साधकहरुलाई अझ बढी प्रशिक्षण दिएर योग, साधना प्रशिक्षकका रूपमा पनि पठाउन सक्छौँ । यस दिशामा ढिलै भए नि वर्तमान सरकारको ध्यानाकर्षण भएको छ । जसको परिणामस्वरूप यस वर्षको नीति तथा कार्यक्रममा ध्यान साधनालाई प्राथमिकताका साथ राखिएको छ ।
ध्यान के हो ? यसबाट के के फाइदा पुग्न सक्छ ?
ध्यान भनेको के हो ? वास्तवमा यो प्राय धेरैको मनमा उब्जने प्रश्न हो । धेरैले ध्यानलाई आँखा चिम्लिएर बस्ने प्रकृयालाई मात्र सम्झिएका हुन्छन् तर यसका बारेमा २१ औं शताव्दीका महान् अध्यात्मिक दार्शनिक रजनिस ओशोले ध्यान कुनै गम्भीर अप्ठ्यारो काम नभएर हामीले आमाको गर्भदेखि नै गर्दै आएको काम हो तर हामी जति ठूलो हुँदै जान्छौँ त्यति ध्यान हराउँदै, बिर्सदै मात्र गएका हुन्छौँ । त्यसैलाई फेरि पुनस्मरण गराउने कृया नै ध्यान हो भन्नुभएको छ । ओशोका अनुसार हामी सवैभन्दा ठुलो ध्यानी आमाको गर्भमा रहँदा हुन्छौँ । त्यस अवस्थामा खान, पिउन, दिशापिसाब केही गर्नुपर्दैन । कसैसँग हाँस्नु, बोल्नु पर्दैन ।
आज बुद्धको सन्देश र ध्यानका मार्गहरु झन धेरै सान्दर्भिक भएका छन् । ध्यानले कुनै पनि विषयवस्तुमा केन्द्रित हुने क्षमता प्रदान गर्दछ । तनाव चिन्तालाई कम गर्छ । मनमा स्पष्ट सोच्ने, मनन गर्ने पृष्ठभूमि तयार गर्छ र भावनात्मक बेचैनीलाई नियन्त्रण गर्दछ ।
एक्लो बाँचेका हुन्छौँ, त्यस अवस्थामा हामी ज्यादै अध्यात्मिक र स्वर्गिक आनन्दमा रहेका हुन्छौँ तर जक हामी बाहिर निस्कन्छौँ त्यो ध्यान, आनन्द भंग भएर रोएका हुन्छौँ । त्यसपछि पनि बालककालमा गरेका हरेक काम ध्यानपूर्वक रहन्छन् । खेल्यो भने अरु कसैको पर्वाह नगरी खेलप्रति मात्र ध्यान दिएर खेलिरहन्छौँ । खाना खाँदा पनि ध्यान दिएर खान्छौँ । जे काम पनि एकोहोरो भएर गर्दर्छौं । एकै क्षणमा रुन्छौँ एकै क्षणमा हाँस्छौँ । बालकहरुले हिजो र भोलिका चिन्ता कहिल्यै गर्दैनन्, त्यसैले सधैँ खुसी रहन्छन् । एक अर्थमा भन्दा उनीहरु सधैँ वर्तमानमा बाँचेका हुन्छन् । हो वर्तमानमा बाँच्नु नै ध्यान हो भन्नुहुन्छ सन्त कविरदास । उहाँको कथन नै छ हसिवा खेलिवा करिवा ध्यानम अर्थात हाँस्दै खेल्दै गरिने कामलाई नै ध्यान भनिन्छ ।
ध्यानको महत्व र फाइदा
आज विश्वमा शान्ति र ध्यानको जति आवश्यकता छ त्यति कहिल्यै भएको थिएन । आज संसारमा वैज्ञानिक आविष्कार र भौतिक सुविधाहरुले मानिसहरु जति सम्पन्न हँुदैछन् त्यति नै अशान्ति र आनन्दभाव गुमाउँदै गएका छन् । आपूmले विकास गरेको विज्ञानले आज विश्व ध्वंश गर्ने दिशातर्फ लम्किरहेको छ । आज मानिसलाई भौतिक सुविधाले सुखी बनाउनुको सट्टा झन तनाव, विषाद, अनिदोपन, डिप्रेसन, युद्ध झैझगडाको किनारमा पु¥याएको छ । आज शारीरिकभन्दा पनि मानसिक रोग जटिल बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनको एक अध्ययनअनुसार संसारमा प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्दछन् ।
त्यसैले आज बुद्धको सन्देश र ध्यानका मार्गहरु झन धेरै सान्दर्भिक भएका छन् । ध्यानले कुनै पनि विषयवस्तुमा केन्द्रित हुने क्षमता प्रदान गर्दछ । तनाव चिन्तालाई कम गर्छ । मनमा स्पष्ट सोच्ने, मनन गर्ने पृष्ठभूमि तयार गर्छ र भावनात्मक बेचैनीलाई नियन्त्रण गर्दछ । उच्च रक्तचाप, मधुमेह, कोलस्टेरोललाई कम गर्छ । कुलत तथा आफैँलाई हानी गर्ने व्यवहारबाट मुक्त गरी जीवनमा श्रृजनात्मकता प्रदान गरी सधैँ प्र्रफुल्ल रहने, व्यावसायिक दक्षता अभिवृद्धि गर्ने कार्यक्षमता बढाउने गर्दछ । जीवनमा आनन्द, प्रेम, शान्तिको प्रादुर्भाव गराउँछ । आफूले आफैँलाई बुझ्ने क्षमता बढाउँछ र जीवन जगतसँग वसुदैव कुटुम्वकमको सम्बन्धलाई बढाउँदै मानिसलाई अध्यात्मको एक उच्चतम शिखरमा पु¥याउन ध्यानले मदत गर्दछ ।
(लेखक नेपाल सरकारको तर्फबाट चीनको विशेष प्रशासनिक क्षेत्र मकाउको पर्यटन प्रवद्र्धक हुनुहुन्छ । )
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच