
रुपन्देही । रुपन्देहीको सौ फर्साटिकर सामुदायिक सिकाइ केन्द्र द्वारा सञ्चालित ३ महिने एडभान्स सिलाइ कटाइ तालिम को समापन समारोह कार्यक्रम बिहीबार रिद्धीसिद्धी पार्टीप्यालेसको सभाहलमा सम्पन्न भएको छ।
सामुदायिक सिकाइ केन्द्र फर्साटिकरको आयोजनामा र शुद्धोधन गाउँपालिका कार्यालय मानपकडीको आर्थिक सहयोगमा सो तीन महिने एडभान्स सिलाई कटाई तालिम गरिएको थियो।सामुदायिक सिकाइ केन्द्र फर्साटिकरका अध्यक्ष रामेश्वरी सिंहको अध्यक्षतामा र शुद्धोधन गा.पा अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा शुद्धोधन गा।पा वडा नम्बर ४ का वडा अध्यक्ष केशव प्रसाद अधिकारीको विशिष्ट आतिथ्यतामा भएको समापन कार्यक्रममा शुद्धोधन वडा नः ३ र ४ का महिलाहरूको सहभागी रहेको थियो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले मानिसको जीवनमा सिप महत्वपूर्ण भएको र सिपले जीवनमा परिर्वतन ल्याउने मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै मेहनतका साथ सिप सिके उसको जीवनमा परिर्वतन ल्याउने छ। जसले मेहनतका साथ सिप सिके सफलता हासिल गर्न कुनै समस्या पर्दैन ।
श्रमले मानिसलाई सम्मानित बनाउँछ । श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने र आफुले सिकेका सीप लाई ब्यवहारमा ल्याउन आग्रह गर्दै यस सिलाई कटाई तालिममा उपस्थित भएकाले समूह बनाइ पसल खोली आत्मनिर्भर हुनु पर्नेमा जोड दिनुभयो।सिलाई कटाई तालिम लिएका महिलाहरूले आवश्यक सामाग्री हरुको लागि पालिकाले अनुदानको व्यवस्था गरिने बताउनुभयो।
शुद्धोधन ४ का वडा अध्यक्ष तथा गाउँपालिका प्रबक्ता केशवप्रसादअधिकारी,शुद्धोधन३ का वडा सदस्य णमकुमारी पंगेनी,संस्थाका सल्लाहकार हुमाकान्त पाण्डे,संस्थाका सल्लाहकार शेरबहादुर काफ्ले लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।संस्थाका उपाध्यक्ष नवराज आचार्यको स्वागतमा र संस्थाका सामाजिक परिचालन अन्जना रेग्मीको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच