ओखलढुंगा । ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकामा चट्याङ लागेर तीनजना घाइते भएका छन् ।
शुक्रबार अपरान्ह हावाहुरी पानी सँगै परेको चट्याङ लागेर तीनजना घाइते भएका हुन । खिजीदेम्बा गाउँपालिका ५ निवारे टोलमा करिब ५ः४५ बजेको समयमा चट्याङ परेको थियो ।
उक्त चट्याङमा परी खिजीदेम्बा ५ निवारेटोल बस्ने अन्दाजी ४५ वर्षिय दिल माया सुनुवार वडा नं ५ कै चोपुरपला निवासी अन्दाजी ५२ वर्षिय विष्णुमाया सुनुवार र लिखु तामाकोशी गाउँपालिका ६ निवासी अन्दाजी ४० वर्षिय निर्मला सुनुवार घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।
घाइतेहरुको स्थानिय स्वास्थ्यचौकीमा उपचार भईरहेको पनि प्रहरीले जनाएको छ । तीनै जना घाइतेको कम्मर मुनीको भाग नचल्ने भएको जानकारी दिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच