![‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/kalejo-health-news.jpg)
ललितपुर । ‘नेपाल फेसन फेस्टिभल’ सुरु भएको छ । फेसन नेटवर्क नेपालको आयोजनामा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शुक्रबारदेखि सुरु भएको फेस्टिभल तीन दिनसम्म चल्नेछ ।
फेस्टिभलको नारा ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलालाई सशक्तीकरण’ रहेको छ । आयोजक फेसन नेटवर्क नेपालका संस्थापक निर्देशक प्रशान्त ताम्राकारले लामो समयपछि नेपालमै पहिलोपटक नेपाल फेसन फेस्टिभल आयोजना गर्न सफल भएको बताउनुभयो ।
निर्देशक ताम्राकारले नेपालको फेसन जगत्लाई फेसन उद्योगमा परिवर्तन, यो क्षेत्रमा आबद्ध सम्पूर्ण व्यक्ति, संस्था र उद्यमीहरूलाई एकै ठाउँमा भेला पार्न, यो क्षेत्रका उपलब्धिबारे जानकारी गराउन तथा सरकारलाई नेपाल फेसन काउन्सिलको स्थापना गराउन माग गर्न फेस्टिभल आयोजना गरिएको जिकिर गर्नुभयो ।
फेस्टिभलमा हरेक दिन साँझ ६ बजेदेखि ७ बजेसम्म फेसन रनवे आयोजना गरिँदैछ । जसमा दुई दर्जनभन्दा बढी मोडलहरूले फेस्टिभलमै आबद्ध भएका बुटिक तथा डिजाइनरले तयार पारेका पहिरन प्रस्तुत गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच