![नेपालको पहिलो पर्यटकीय गाउँ स्याङ्जाको सिरूबारी होमस्टेले रजत जयन्ती मनाउँदै](https://ehimalayatimes.com/wp-content/uploads/2023/01/shyngja-homestay-3.jpg)
काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, पाटनअन्तर्गत पाटन र सैंबुमा पुुरानो कपर प्रविधिबाट सञ्चालित पिएसटिएन र एडिएसएल सेवालाई आधुुनिक फाइबर प्रविधिको एफटिटिएच (फाइबर टुु द होम) नेटवर्कमा पूूर्णरूपमा स्तरोन्नति गरेको छ । शुक्रबार दूरसञ्चार कार्यालय पाटनमा आयोजित एक कार्यक्रमबीच प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले पुरानो कपर प्रविधिमार्फत् सञ्चालित सेवा बन्द गर्नुभएको हो ।
उहाँले पुरानो कपर प्रविधि आधुनिक फाइबर प्रविधिमा रूपान्तरण गर्ने कार्य कम्पनीको प्रगतिको कदम भएको उल्लेख गर्दै उक्त कार्यका लागि अथक प्रयास र प्रयत्न गर्ने सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिनुभयो । कम्पनीका प्रमुख सञ्चालन अधिकृत तथा प्रमुख प्राविधिक अधिकृत झविन्द्रलाल उपाध्याय, बागमती प्रादेशिक निर्देशनालयकी निर्देशक रिना डंगोल र दूरसञ्चार कार्यालय, पाटनका कार्यालय प्रमुख निरज न्यौपानेलगायतले कम्पनीले समयक्रमअनुसार नयाँ प्रविधि अवलम्बन गर्ने क्रममा कम्पनीको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका थिए । कम्पनीका अनुसार कपर प्रविधिको पुुरानो जेर्याक एक्सचेन्जको क्षमता करिब ३६ हजार रहेकोमा हाल पाटन कार्यालयमा एफटिटिएच नेटवर्कका लागि जडान रहेको ओएलटीको क्षमता ५३ हजार चार सय र सक्रिय ग्राहक २० हजार भन्दा बढी छन् ।
सैंबुमा तीन हजारभन्दा बढी ग्राहक छन् । एफटिटिएच प्रविधिअन्तर्गतको एनटी फाइबरमार्फत् सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्रगतिको इन्टरनेट र टेलिभिजन सेवा प्रयोग गर्न सक्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच