![निरोगी हुन शरीरमा के कति हुनुपर्छ ?](https://ehimalayatimes.com/wp-content/uploads/2024/01/sakahari-khana-veg.jpg)
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीको अर्बौं भुक्तानी नहुँदा मुलुकको समग्र निर्माण उद्योग नै धरासायी भएको बखत निर्माण उद्योगमा प्रयोग हुने स्टिलजन्य सामग्रीको हठात् मूल्यवृद्धि भएको भन्दै मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । महासंघका महासचिव रोशन दाहालले शुक्रबार विज्ञप्ति जारी गर्दै स्टिलजन्य सामग्रीको उत्पादनसँग सम्बन्धित डलर इन्धनलगायतका कुनै पनि वस्तुमा मूल्यवृद्धि नहुँदा लोडसेडिङलाई कारण देखाई मूल्यवृद्धि गरिनु अनुचित भएको उल्लेख गर्नुभएको छ ।
निर्माण कार्य तीव्रगतिमा हुने अहिलेको सिजनमा खुला अर्थतन्त्रको नीतिविपरीत स्टिल उद्योगीले कार्टेलिङ गरी प्रतिकेजीमा १५ देखि २० रुपैयाँसम्म अव्यावहारिक एवं अवैज्ञानिक मूल्यवृद्धि गरेको पाइएको महासंघको दाबी छ ।
निर्माण कार्य तीव्रगतिमा हुने अहिलेको सिजनमा खुला अर्थतन्त्रको नीतिविपरीत स्टिल उद्योगीले कार्टेलिङ गरी प्रतिकेजीमा १५ देखि २० रुपैयाँसम्म अव्यावहारिक एवं अवैज्ञानिक मूल्यवृद्धि गरेको पाइएको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘केही समयअघिसम्म प्रतिकेजी ८० मा पाइने स्टिलको मूल्य २०८१ जेठ पहिलो साता आइपुग्दा सय पुग्दा निर्माण व्यवसायी चर्को आर्थिक मारमा परेका छन् ।’
विगतमा पनि स्टिलजन्य सामग्रीको माग बढ्ने समयमा कार्टेलिङ गरी पटक-पटक भएको मूल्यवृद्धिका कारण अन्ततः पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायलाई नै आर्थिक भार परेको उल्लेख गर्दै महासंघले हाल स्टिलजन्य सामग्रीमा कालोबजारीमार्फत् भएको मूल्यवृद्धि नियन्त्रण गरी निर्माण व्यवसायीलगायत आमउपभोक्तालाई राहत दिन र कालोबजारीमाथि कारबाही गर्न माग गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच