माफी मगाएर मात्र टिकट दिइने भन्ने ‘हल्ला मात्र होइन मिसनकारीको फण्डा हो’ : योगेश भट्टराई

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेभित्र टिकट वितरणमा दश बुँदे सम्झौता गरेर एमालेमै रहेका नेताहरुमाथि माफी मगाएर मात्रै टिकट दिइने भनेर विराधीहरुले गलत हल्ला फैलाइरहेको बताउनु भएको छ ।

एमाले विभाजन ताका माधव नेपाल छाडेर पार्टीमै बसेका नेताहरूमाथि विभेद हुन लागेको र माफी मगाएर मात्र टिकट दिइने भन्ने चर्चा बारे उहाँले 'त्यो हल्ला मात्र होइन महाहल्ला हो' भन्नुभयो ।

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने देखेर केही अनलाइन समाचार पोर्टलहरु र केही एमाले विरोधीहरुले मिसनका रुपमा यस्तो फण्डा चलाएको उहाँले बताउनु भयो ।

हिमालय टाइम्सले टेलिफोन मार्फत उहाँसँग यस विषयमा जिज्ञासा राख्दा नेता भट्टराईले भन्नुभयो,  'आगामी निर्वाचनमा एमालेको पक्षमा परिणाम आउने देखेर केही मिसनकारीहरुले एमालेलाई विभाजित गर्ने र अन्तर्विरोध चर्काउने उद्देश्यले गरेको चलखेल मात्र हो, टिकट वितरणमा पार्टीमा कुनै पूर्वाग्रह र भेदभाव नहुने अध्यक्ष ओलीले पटक-पटक पार्टी बैठकमा भन्नुभएको छ ।'

साथै नेता भट्टराईले यदि पार्टी भित्र यो प्रकारको भेदभाव र पूर्वाग्रह रहनेभए १० बुँदेको विषय हुँदाका बखद आफूहरुसँगै तत्कालीन अध्यक्ष ओली पक्षबाट वार्तामा हुनु भएको नेताको पनि त प्रश्न उठ्नु पर्ला नी ! भन्दै प्रतिप्रश्न गर्नभयो ।

आफूहरु बहुमत ल्याउने उद्देस्य साथ अघि बढेको बताउँदै उहाँले केहीले एमाले भित्र कसरी फूट र अन्तर्विरोध चर्काएर निर्वाचनमा पराजित गर्न सकिएला भनेर फण्डा चलाएको र यस्ता हल्लाको विश्वाश नगर्न उहाँले सुझाउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?