विराटनगर । उद्योग संगठन मोरङले औद्योगिक क्षेत्रमा कार्यरत प्राविधिकको सीप स्तरोन्नति तालिम सम्पन्न गरेको छ । उद्योगमा कार्यरत प्राविधिकलाई किफायती ऊर्जा खपतमा सीप तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित इनर्जी इफिसियन्सी तालिममा २२ जना प्रशिक्षार्थीको सहभागिता थियो । इन्स्योर परियोजनासँगको सहकार्यमा सञ्चालित संगठनको सीप विकास कार्यक्रमअन्तर्गत सञ्चालित तालिममा एमएम प्लाष्टिक उद्योगमा कार्यरत प्राविधिकहरूको सहभागिता थियो ।
२० दिने तालिमको शुक्रबार समापन तथा पुरस्कार वितरण गर्दै संगठनका अध्यक्ष राकेश सुरानाले उद्योग प्रतिष्ठानमा कार्यरत जनशक्तिको ज्ञान र सीप अभिवृद्धि भए उद्योगको उत्पादकत्व वृद्धिमा सहयोग पुग्ने बताउनुभयो । उद्योग प्रतिष्ठानले भोग्दै आएको दक्ष प्राविधिकको अभावलाई मध्यनजर गरी उद्योगको आवश्यकताका आधारमा संगठनले पाठ्यक्रम तयार गरी तालिम सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । पछिल्ला दिनमा यसप्रकारको तालिम सञ्चालनका लागि उद्योगको बढ्दो अभिरुचिप्रति खुसी व्यक्त गर्दै प्रत्येक तालिमलाई कर्मचारीले जीवनपर्यत्न्त सिकाइको प्रक्रियाका रूपमा लिई आफ्नो कार्यसम्पादन क्षमतामा सुधार गर्नुपर्नेमा पनि सुरानाले आग्रह गर्नुभयो । तालिमका प्रशिक्षक सञ्जयकुमार साहले तालिम अवधिमा प्राविधिकलाई ऊर्जा खपत न्यूनीकरणका उपायहरू, खेर गइरहेका ऊर्जा नियन्त्रण तथा मेसिन प्रयोग र सञ्चालन विधि, प्राप्त ऊर्जाको समुचित उपयोग एवं व्यवस्थापन, ऊर्जा दक्षता पद्धति र महत्वका विषय तालिममा समेटिएको बताउनुभयो । संगठनको सीप विकास कार्यक्रमअन्तर्गत अरिहन्त मल्टिफाइवर्स लिमिटेडमा जुट व्याचिङसम्बन्धी तालिम तथा परिवर्तित सन्दर्भमा प्राविधिकलाई इण्डष्ट्री अटोमेसन भेरिएवल फ्रिक्वेन्सी ड्राइभ (भिएफडी) सम्बन्धी तालिम संगठन हाताभित्र एकै साथ सञ्चालनमा रहेको संगठनले जनाएको छ ।
संगठनले यसअघि विभिन्न उद्योग प्रतिष्ठानका प्राविधिकलाई एकै थलोमा जम्मा गरी तालिम प्रदान गर्दै आएकोमा सिकाइलाई थप प्रभावकारी बनाउन पछिल्लो समय सम्बन्धित उद्योगको कार्यस्थलमै राखेर तालिम सञ्चालन गर्ने नयाँ अभ्यासअन्तर्गत तालिम सञ्चालन गरेको हो । संगठनले सम्बन्धित उद्योगको मागका आधारमा सम्बन्धित उद्योगमा कार्यरत प्राविधिकको दक्षताको मागका आधारमा पाठ्यक्रमसमेत तयार गरी तालिम सञ्चालन गर्ने रणनीति अख्तियार गरेको छ । यस आर्थिक वर्ष तीन सयमध्ये एक सयजनाको तालिम सम्पन्न भइसकेको संगठनले जनाएको छ । सो अवसरमा संगठनका निवर्तमान अध्यक्ष सुयष प्याकुरेल, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी र सीप विकास कार्यक्रमका संयोजक दिपककुमार अग्रवाल तथा इन्स्योर परियोजनाकी रेखा उप्रेतीको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच