काठमाडौं । विस्तारै फलफूलमा खरबुजाको सिजन सुरु हुँदैछ । यसलाई अंग्रेजीमा ‘वाटर मेलन’ र नेपालीमा खरबुजा वा तरबुजा पनि भन्ने गरिएको छ ।
पहाडी भेकका केही मानिस भने यो फलको सम्बन्धमा कम जानकार छन् । तर तराई अनि पहाडका धेरै सहरमा भने यो फल गर्मीका बेला धेरै नै लोकप्रिय छ । ‘खरबुजा’ एकवर्षीय लहरे बाली हो ।
गर्मी मौसम सुरु भएसँगै बजारमा धेरै खरबुजा देखिन्छन् । मानिसले यसको फाइदा थाहा भएर वा नभएर पनि धेरै खाने गरेको पाइन्छ। मौसमी फल खरबुजा मिठो र स्वादिष्ट त हुन्छ नै यसले केहि हदसम्म शरीरलाई चिसो बनाउन पनि मद्धत गर्दछ ।
खरबुजा एउटा स्वादिष्ट र शीतलता प्रदान गर्ने फल हो। यो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। खरबुजामा भरपुर पानीको मात्रा हुन्छ। यसकारण गर्मीमा यसले शीतलता प्रदान गर्नमा निकै मद्दत पुर्याउँछ।
खरबुजामा पोटासियम, म्याग्नेसियम र भिटामिन ए र सीसहित विभिन्न प्रकारका पोषक तत्त्व हुन्छन् । यसमा क्यालोरीको मात्रा पनि अपेक्षाकृत कम हुन्छ ।
खरबुजामा कम क्यालोरी, कार्बोहाइड्रेट, फाइबर, चिनी, प्रोटिन, बोसो, भिटामिन ए, भिटामिन सी, पोटासियम, म्याग्नेसियमलगायत पोषण तत्त्वहरू हुन्छन् । खरबुजा सिट्रुलिनको एक समृद्ध स्रोत हो । यसमा उपलब्ध एक एमिनो एसिड जसले स्वास्थ्यमा गतिलो सुधार गर्न सक्छ ।
खरबुजामा थोरै मात्रामा मात्र चिल्लो पदार्थ हुन्छ, यसकारण यसको सेवनले तौल बढाउदैन । यसमा कार्बोहाइड्टको मात्रा धेरै हुन्छ । यसमा भएको सुगर सजिलै शरिरमा इनर्जी दिन्छ तर तौल बढाउदैन ।
खरबुजामा पाइने लाइकोपिन र कुकुरबिटासिन ईलगायत सम्भावित क्यान्सर प्रतिरोधी तत्त्वहरू हुन् । लाइकोपिन तत्त्व पाइने खरबुजाको सेवनले प्रोस्टेट र कोलोरेक्टल क्यान्सरजस्ता केही प्रकारको क्यान्सरको जोखिम कम गर्न मद्दत गर्छ ।
लाइकोपिनले इन्सुलिनजस्तो ग्रोथ फ्याक्टरको रगतको स्तर घटाएर कोषिका विभाजनलाई बढावा दिने हर्मोनलाई कम गर्छ भन्ने विश्वास गरिन्छ ।
खरबुजा खाँदाका फाइदा
– खरबुजामा भिटामिन ‘सी’ प्रचुर मात्रामा पाइने हुँदा यसले एन्टिअक्सिडेन्टका रूपमा काम गर्छ। यसले शरीरका कोषलाई नष्ट हुन दिँदैन।
– खरबुजामा भएको भिटामिन ‘सी’ले रोगसँग लड्ने प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ। अथवा रोग प्रतिरोधात्मक शक्तिलाई बढाउँछ।
– गर्मी मौसममा शरीरलाई शीतलता प्रदान गर्छ।
– खरबुजाको नियमित सेवन गर्दा हृदयाघात, उच्च रक्तचाप र कोलेस्ट्रोल जस्ता रोग बढ्ने जोखिम कम हुन्छ।
– खरबुजाको सेवनले मिर्गौला स्वस्थ रहन्छ।
– फोक्सोको क्यान्सर हुने जोखिम कम गर्दछ।
– नियमित रूपमा खरबुजाको सेवन गर्दा छालामा भएको रुखोपनाको समस्या हराएर जान्छ।
– भिटामिन ‘ए’ ले छालालाई स्वस्थ बनाउन मद्दत गर्छ।
– खरबुजामा पाइने भिटामिन ए र सी ले कपाल स्वास्थ्य र चम्किलो बनाउन मद्दत गर्छ।
– खरबुजामा भएको पानीको मात्राले र फाइबरले पाचन प्रक्रियामा सहज बनाउँछ।
– दैनिक मात्रामा खरबुजा खाँदा शौचलाई नियमित बनाउँछ।
– खरबुजामा भएको रसायनले मांसपेशीमा हुने दुखाई कम गर्न निकै मद्दत गर्छ।
– कब्जियतको समस्या कम गर्नमासमेत निकै मद्दत गर्दछ।
– खरबुजाको नियमित सेवनले तौल कम गर्नका फाइदा पुग्छ।
-पत्रपत्रिकाको सहयोगमा
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच