गर्मीका कारण सर्वसाधारणमा बढ्यो त्रास

हिमालय टाइम्स
Read Time = 2 mins

-राजेन्द्र गाैतम

झापा । स्पष्ट कारण नखुले पनि एकैदिन अचानक दुईजनाको मृत्यु भएपछि झापामा चर्को गर्मीको त्रास बढेको छ । शुक्रबार झापा फरकफरक स्थानमा उनीहरूको मृत्यु भएपछि त्यसको कारण चर्को गर्मी भएको अड्कल सर्वसाधारणले काटेका छन् ।

उनीहरूको मृत्युको कारण गर्मी नै भएको विश्वास विश्वासले सर्वसाधारणमा त्रास थपिएको हो । शुक्रबार बुद्धशान्ति गाउँपालिका-१ जयपुरमा एक पुरुष मृत फेला परेका छन् ।

स्थानीय क्षेत्रमा मागेर जीवन धान्दै आएका व्यक्ति सडक किनारमा मृत फेला परेका हुन् । उनको अहिलेसम्म नाम र वतन खुल्न सकेको छैन । उनको उमेर अन्दाजी ६०-६५ वर्षका भएको बुधबारे प्रहरीले जनाएको छ ।

त्यसैगरी मेचीनगर नगरपालिका-१० धुलाबारी बजार पश्चिम टिमाइ पुल नजिक सडक किनारमा अचेत अवस्थामा ७४ वर्षीय नरबहादुर श्रेष्ठ भेटिएका थिए । मेची आम्दा अस्पताल पुर्‍याउन साथ उनलाई चिकित्सकले घोषणा गरेका थिए ।

हिजो झापामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुगेको थियो । आज बिहान ९ बजे झापाको तापक्रम ३३ डिग्री पुगेको छ । आज दिउँसो तापक्रम हिजोकोभन्दा पनि बढी हुने त्रासले सर्वसाधारण पिरोलिएका छन् ।

बढ्दो गर्मीबाट जोगिन सुरक्षित घर नहुने र तातोबाट बच्ने उपाय नअपनाउँदा सर्वसाधारण बढी प्रभावित हुने गर्छन् । बालबालिका, वृद्धवृद्धा रोगी, अशक्त र वेवारिसे अवस्थाका व्यक्ति तातोको चपेटामा पर्ने गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?