बैतडी । बैतडीको ज्ञानेश्वर नमूना माध्यमिक विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरेको छ ।
जिल्लाको पाटन नगरपालिका ९ विजयपुरस्थित ज्ञानेश्वर नमूना माविले यसै शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरेको हो ।
समयानुकुल दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित विद्यालयले युकेजी र एलकेजीमा चालू शैक्षिक सत्रदेखि नै पठनपाठन सञ्चालन गरिएको प्रधानाध्यापक पुष्पराज जोशीले बताउनुभयो । विद्यालय सेवा क्षेत्र भित्रका अभिभावकहरु सँगको समन्वयमा पठनपाठन सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।
शैक्षिक गुणस्तर सुधारसँगै सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढाउन अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं पाटन नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष हरिश बिष्टले बताउनुभयो । सामुदायिक विद्यालयको गुणस्तर वृद्धि सँगै विद्यार्थीहरुको आर्कषण बढ्ने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो ।
पछिल्लो समयमा सामुदायिक विद्यालयहरुले पनि संस्थागत विद्यालयहरुले जस्तै अंग्रेजी माध्यमबाट पठनपाठन गरिहेका छन् । विद्यार्थी तथा अभिभावकहरुको रोजाइमा सामुदायिक भन्दा संस्थागत विद्यालयहरु पर्ने भएकाले सामुदायिक विद्यालयले पनि अङ्ग्रेजी माध्यमबाट पठनपाठन गरिरहेका हुन् । सामुदायिक भन्दा संस्थागत विद्यालयहरुमा अभिभावकहरुको रुचि बढीरहेकाले अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुनु आवश्यक रहेको विद्यालयका सूचना अधिकारी मदन धामीले बताउनुभयो ।
यसै शैक्षिक सत्रदेखि जिल्लाको दशरथचन्द नगरपालिका १ गुरुखोलामा रहेको मणिलेक माध्यमिक विद्यालयले पनि अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरीरहेको छ । संस्थागत विद्यालय जस्तै नर्सरीदेखि नै अंग्रेजी माध्यमबाट पढाई सञ्चालन गरिएको मणिलेक माविका प्रधानाध्यपक केशवदत्त भट्टले जानकारी दिनुभयो ।
३ वर्षे पूर्व प्राथमिक शिक्षा कार्यक्रम अन्तर्गत नर्सरी एलकेजी र युकेजी पास गरेपछि कक्षा १मा पढ्न पाउने प्रअ भट्टले बताउनुभयो । अंग्रेजी माध्यमबाट पठनपाठन हुने संस्थागत विद्यालयमा अभिभावक र विद्यार्थीहरुको आर्कषण बढेकाले सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यमबाट पढाई सञ्चालन गर्नु आवश्यक रहेको वडा नं १ का वडा अध्यक्ष विष्णुदत्त भट्टले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच