
काठमाडौं । संघीय संसद्का दुवै सदनको भोलि बस्ने बैठकको कार्यसूची सार्वजनिक भएको छ।
भोलिको संसद बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सकेर पारित गर्ने कार्यसूची रहेको छ।
नीति कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि पारित गर्ने कार्यसूची संसद सचिवालयले आज सार्वजनिक गरेकाे छ ।
प्रतिनिधिसभाको बैठकमा भने अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८०-८१ को आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची छ ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी पहिलो संशोधन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्रीले प्रस्तुत गर्नु हुने छ ।
भोलिको प्रतिनिधिसभा बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरिले राष्ट्रिय सभामा उत्पति भएको विधायनसम्बन्धी विधेयक विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पनि राष्ट्रिय सभामा उत्पति भएको विद्युत ब्यापार विद्येयक २०८० लाई दफाबार छलफलका लागि सम्बन्धी समितिमा पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा विधेयक २०८० लाई दफाबार छलफलका लागि सम्बन्धी समितिमा पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यसअघि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले “सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०” पेश गर्नेछन्। यस्तै, नेमकिपाका सांसद प्रेम सुवालले “लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गरेपछि उद्योगमन्त्री दामोदर भण्डारीले उक्त अध्यादेश स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने तयारी छ ।
बैठकको सुरुमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची छ।
हेर्नुहोस् कार्यसूची
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच