सहकारीलाई बोनस र लाभांश वितरणमा रोक

Read Time = 2 mins

काठमाडौं । सहकारी विभागले सहकारी संस्थाहरूलाई बोनस र लाभांश वितरणमा रोक लगाएको छ । विभागले सहकारी संस्थाका लागि मंगलबार ११ बुँदे एकीकृत निर्देशन जारी गर्दै लाभांश र कर्मचारीलाई बोनस वितरणमा रोक लगाएको हो । त्यस्तै सहकारीहरूले घरजग्गा खरिदबिक्री गर्न पनि पाउने छैनन् ।

सहकारी संस्थाको सञ्चालन तथा नियन्त्रण यसको सदस्यले नै गर्ने भएकाले संस्थाका सबै गतिविधिमा जानकारी राख्ने, समस्या समाधानमा सहभागी हुने, साधारणसभामा सक्रियतापूर्वक भाग लिने, विस्तारित मञ्चको बैठकमा भाग लिने, संस्थामा सदस्यको हैसियतले नियमित बचत गर्ने र लिएको कर्जा समयमै चुक्ता गर्न पनि निर्देशनमा उल्लेख छ ।

विभागले संस्थाको नाम, ठेगाना, सञ्चालकको पहिचान, सामाजिक प्रतिष्ठा, कर्मचारी तथा व्यवस्थापकको जानकारी, कार्यक्षेत्र संस्थागत सुशासन, लेखापरीक्षण, साधारणसभा, सामाजिक उत्तरदायित्वप्रतिको सचेतना, सदस्यसँगको सम्बन्ध, संस्थाको कारोबार, नियामकीय निर्देशनको पालना र सुधार, सूचना सम्प्रेषण, वेबसाइट आदिबाट पर्याप्त सूचना संकलन र विश्लेषण गरेपछि मात्र आफ्नो कार्यक्षेत्रभित्रको विश्वासयोग्य कुनै एक प्रकृतिको एक संस्थाको सेयर सदस्य भई कारोबार गर्न÷गराउन निर्देशन दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?