काठमाडौं । नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघको तेस्रो महाधिवेशनबाट सुदिप पण्डितको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । काठमाडौंमा सम्पन्न अधिवेशनले पण्डितको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । महासंघको महासचिवमा रूपसिंह तामाङ निर्वाचित हुनुभएको छ ।
महाधिवेशनबाट अध्यक्षमा सुदीप पण्डित क्षेत्री निर्वाचित हुँदा वरिष्ठ उपाध्यक्षमा लालबहादुर जिसी तथा उपाध्यक्षहरूमा अञ्जु रावत, एनिप महर्जन, केशव डंगोल, होमबहादुर सुनुवार र राजेन्द्र लामा निर्वाचित हुनुभएको छ ।
यस्तै, महासचिवमा रूपसिंह तामाङ, सचिवमा कृष्णगोपाल राजथला, आशिष कार्की र कोषाध्यक्षमा तुलसी थापा मगर निर्वाचित हुनुभएको छ ।
त्यस्तै, सदस्यमा बाबुराम तामाङ, धनराज तामाङ, सपुत मोक्तान, सुशान पुन, नहकुल राई, राजन पन्थ, कृष्णबहादुर रावत, जनकराज गौतम, सानुकान्छा श्रेष्ठ, कमल मगर, सीताराम दराई र तेजबहादुर सिंह निर्वाचित हुनुभएको छ ।
मार्सल आर्ट गेम्सका २३ वटा राष्ट्रिय संघहरूको सहभागितामा सम्पन्न महाधिवेशनले नयाँ कार्यसमिति बनाएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच महाधिवेशनको उद्घाटन गर्नुभएको थियो ।
अधिवेशनमा अतिथिका रूपमा गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसाल, राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य अञ्जन धमला, नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघका संस्थापक व्रिष्ठ उपाध्यक्ष चेतनराज गिरी, नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघका संस्थापक उपाध्यक्ष निरण खड्कालगायतको आतिथ्यता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच