नयाँदिल्ली । सनराइजर्स हैदरावाद तेस्रोपटक इण्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राती सम्पन्न दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदरावाद फाइनलमा प्रवेश गरेको हो । अब १७औँ संस्करणको उपाधिका लागि सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्स भिड्नेछन् ।
२०१८ मा उपविजेता भएको हैदरावाद ६ वर्षपछि फाइनलमा पुगेको हो । चेन्नइमा राजस्थानले टस जितेर बलिङ रोजेको थियो । पहिला ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । हैदरावादका लागि हेनरिक क्लासनले सर्वाधिक ५० रन बनाउनुभयो ।
राहुल त्रिपाठीले ३७ र ट्राभिस हेड ३४ रनमा आउट हुनुभयो । राजस्थानका लागि ट्रेन्ट बोल्ट र आवेश खानले ३-३ विकेट लिनुभयो । जवाफमा राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रनमात्रै बनाउन सक्यो । ध्रुव जुरेलले सर्वाधिक ५६ रन बनाउनुभयो । ओपनर यशस्वी जैसवालले ४२ रनको योगदान दिए पनि अन्य ब्याटरको प्रदर्शन खासै राम्रो हुन सकेन । हैदरावादका शाहबाज अहमदले ३ तथा अभिषेक शर्माले २ विकेट लिनुभयो ।
पहिलो क्वालिफायरमा कोलकाताले हैदरावादलाई पराजित गरेको थियो । हैदरावादले दोस्रो क्वालिफायरमा राजस्थानलाई पराजित गरेपछि कोलकातासँगको उपाधि भिडन्त पक्का गरेको हो । फाइनल खेल आइतबार हुँदैछ । कोलकाता दुईपटकको विजेता हो भने हैदरावादले एकपटक आइपिएल जितेको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच