काठमाडौं । साहित्यिक पत्रकार संघद्वारा इञ्जिनियर सपना राउतलाई बधाई सम्मान अर्पण गरिएको छ । संघले शनिबार काठमाडौंमा एक विशेष समारोहबीच टेक्सास अमेरिकाको ग्रेटर अस्टिन नेपालीज सोसाइटीको नवनिर्वाचित कार्यसमिति सदस्य सफ्टवेयर इञ्जिनियर राउतलाई बधाई तथा सम्मान अर्पण गरेको हो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्व तथा वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित समारोहमा राउतलाई प्रमुख अतिथि श्रेष्ठ, अध्यक्ष लेकालीले फूलको माला तथा रूद्राक्षको मालासहित बधाईपत्रले सम्मान गर्नुभएको थियो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै कलाकार श्रेष्ठले अमेरिका जस्तो ठाउँमा बसेर सामाजिक सेवा तथा नेपाली भाषा, साहित्य र कला क्षेत्रमा धेरै नेपालीहरू लागेकोमा खुशी व्यक्त गर्दै ग्रेटर अस्टिन नेपालीज सोसाइटीको कार्यसमिति सदस्यमा निर्वाचित हुन सफल हुनुभएकी राउतलाई बधाई तथा शुभकामना दिनुभएको थियो । सम्मानित व्यक्तित्व राउतले आफ्नो कार्यकालमा नेपाल, नेपाली, नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकासमा खटेर लाग्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
कार्यक्रममा सभाध्यक्ष लेकालीले स्वागत मन्तव्य राख्दै ग्रेटर अस्टिन नेपालीज सोसाइटीको विगतदेखिको गतिविधिमाथि प्रकाश पार्नुभएको थियो । विदेशमा रहेर नेपाली साहित्य, कला र संस्कृतिको उन्नयनमा सोसाइटीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै उहाँले साहित्यिक पत्रकार संघले गर्दै आएको विविध योगदानको चर्चा पनि गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिलगायत सभापति लेकालीले सामाजिक अभियन्ता, गीतकार शोभित उप्रेतीलाई हालै मात्र राष्ट्रिय प्रजातन्त्र पार्टीको सहायक कोषाध्यक्ष पदमा मनोनित हुनु भएकोमा बधाई दिँदै सम्मान गर्नुभएको थियो । कार्यक्रममा साहित्यिक पत्रकार संघका महासचिव डा.दामोदर पुडासैनी ‘किशोर’ले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण तथा सञ्चालन कवि पारू तिमिल्सिनाले गर्नुभएको थियो । समारोहमा बाल कलाकार रञ्जना थपलियाले नृत्य प्रस्तुत गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच