काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रधानमन्त्री प्रचण्ड देउवालाई भेट्न बूढानीलकण्ठस्थित देउवा निवास पुग्नु भएको हो ।
संसदको अवरोध हटाउन राजनीतिक सहमतिका लागि प्रचण्ड देउवालाई भेट्न पुगेको बताइएको छ । कांग्रेस नेताहरू बिहानैदेखि देउवा निवासमै छलफल गरिरहनुभएको छ ।
दाहाल जानु अघि देउवाले उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक, संसदीय समितिको कार्यादेश बनाउने जिम्मा पाएको कार्यदलमा रहेका सहमहामन्त्री जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्कीलाई छलफलका लागि बूढानीलकण्ठ बोलाउनु भएको थियो ।
सरकारले आज बस्ने प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम छलफल गरी पारित गर्ने तयारी गरेको छ । प्रधानमन्त्री दाहाल संसदको गतिरोध समाधनको छलफलका लागि विपक्षी दलका नेता देउवालाई भेट्न गएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच