बार्सिलोना । बार्सिलोनाले युइएफए महिला च्याम्पियन्स लिग फुटबलको उपाधि उचालेको छ । शनिबार राती सर्वाधिक विजेता लियोनलाई २-० ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो । क्लब इतिहासमा क्याटलान टोलीले तेस्रोपटक च्याम्पियन्स लिग हात पारेको हो ।
बार्सिलोनालाई जित दिलाउन ऐटाना बोनमती र एलेक्सिया पुटेलासले गोल गर्नुभयो । पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न हुँदा ६३औँ मिनेटमा मारिओना कल्डेन्टीको पासमा बालोन डि ओर विजेता बोनमतीले गोल गर्नुभयो ।
बार्सिलोनाले तेस्रोपटक उपाधि जित्दा सर्वाधिक आठपटकको च्याम्पियन लियोन भने उपविजेता बन्यो । लियोनले सन् २०११ यता आठपटक उपाधि उचालेको हो । बार्सिलोना भने लगातार उपाधि जित्न सफल भयो । क्लबले २०२१, २०२३ र २०२४ मा उपाधि जित्दै हृयाट्रिक गरेको हो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच